शुक्रबार र शनिबार फुलकन्ट्याक्ट कराँते छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०८३ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशको खेलकुद यतिबेला अन्योलमा छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा बर्खास्तीसँगै अन्यौलको बातावरण तय भएको हो । आगाामी मंसिर ८ गतेदेखि सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुदैं छ ।

प्रतियोगिता आउन केवल दुईसाता भन्दा पनि कम समयका अवस्थामा गण्डकी प्रदेशका अधिकांश खेलले आफनो छनोट चरण टुग्याएको छैन् ।
सबै खेलका छनोट सकेर बन्द प्रशिक्षणमा राख्नुपर्ने अवस्थामा गण्डकीमा भने छनोटको तयारी छ । शारीरिक सुगठन, आर्चरी, सितेरियो कराँते लगायतका खेल संघले छनोट गरिसकेका छन् । फुल कन्ट्याक्ट कराँतेले शुक्रबार र शनिबार दुई दिन छनोट गर्ने तयारी गरेको प्रदेश फुलकन्ट्याक्ट कराँते संघका अध्यक्ष लक्ष्मण कुँवरले जनाए । बास्केटबल संघले पनि मंसिर १ गते महिला तथा पुरुष टोलीको छनोट गर्ने कार्यतालिका बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदले स्थानीय तहदेखि नै खेलाडी छनोट गर्नुपर्ने परिपत्र गरेको थियो । प्रदेश खेलकुद परिषदले पनि स्थानीय, जिल्ला र प्रदेश छनोटको मिति तय गरेपनि तोकिएको मितिमा जिल्ला छनोट भएन । जिल्ला छनोटको लागि आवश्यक बजेट भने प्रदेश खेलकुद परिषदले नदिएको गनासो जिल्ला खेलकुद विकास समिति कास्की मातहत संघले गर्दै आएका छन् । यद्यपी खेलाडीको लागि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता महत्वपूर्ण भएको भन्दै संघहरुले छनोटलाई ढिलै भएपनि गरेर खेलाडी एरिनामा उतार्ने जमर्को भने गरेका छन् ।

[pic- File}