गण्डकीबाट छनोट भए फुलकन्ट्याक्ट कराँतेका खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १ गते २०८३ मा प्रकाशित


पोखरा-कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि फुल कन्ट्याक्ट कराँतेको विभिन्न तौल समूहमा गण्डकी प्रदेश छनोट गरिएको छ । गण्डकी प्रदेश फुल कन्ट्याक्ट कराँते संघका अध्यक्ष लक्ष्मण कुँवरका अनुसार पुरुष ४५ केजी तर्फ सत्काल पर्तेल(बाग्लुङ), ५० केजी तौल समूहमा रविन गौतम(बाग्लुङ), ५५ केजी तौल समूहमा रिजन थापा मगर(बाग्लुङ), ६० केजीमा जीवन गुरुङ(कास्की) छनोट भएका छन् ।

पुरुष तर्फ नै ६५ केजी समूहमा मोसेस कुमाल(तनहुँ), ७० केजी तौल समूहमा अनमोल मल्ल(कास्की) र ७० केजी माथिको खुल्ला तौल समूहमा रुपक नेपाली(कास्की) छनोट भएका छन् ।

महिला तर्फ ४५ केजी तौल समूहमा ध्वजकुमारी नेपाली(तनहुँ), ५० केजी तौल समूहमा आईसा परियार(कास्की), ५५ केजी तौल समूहमा समृद्धि तिमिल्सिना(तनहुँ)६० केजी तौल समूहमा प्रिन्स्मा नेपाली(कास्की) र ६० केजीमाथिको खुल्ला तौल समूहमा सोेनी लामा दोङ रहेकी छन् । पुरुष एकल कातामा पूर्णबहादुर गुरुङ(स्याङजा) र महिला तर्फ एन्जल विक(कास्की) छनोट भएको प्रदेश अध्यक्ष लक्ष्मण कुँवरले जनाए ।