
एजेन्सी, असोज २० । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंलोरलाई हराउँदै शीर्ष स्थानमा फर्किएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सल बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन् । नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए ।
बैंलोरलाइै सस्तैमा समेट्नका लागि दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोट्र्जे र अक्षर पटेलले २/२ विकेट झारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो
दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।
दिल्लीले सन्दीपलाई भने मैदान उतारेन । सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ ।
तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…