
एजेन्सी, असोज २० । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंलोरलाई हराउँदै शीर्ष स्थानमा फर्किएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सल बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन् । नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए ।
बैंलोरलाइै सस्तैमा समेट्नका लागि दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोट्र्जे र अक्षर पटेलले २/२ विकेट झारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो
दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।
दिल्लीले सन्दीपलाई भने मैदान उतारेन । सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ ।
तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…