मुम्बईद्वारा राजस्थानलाई १९४ रनको चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २० गते २०७७ मा प्रकाशित


श्रेयस गोपालले मुम्बईका कप्तान रोहित शर्मालाई आउट गरेपछि ।

एजेन्सी (अबुधावी)-मध्यक्रमका व्याट्सम्यान सुर्यकुमार यादवले अर्धशतक पुरा गर्दै सानदार इनिंग खेलेपछि मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

मंगलबार अबुधावीको शेख जियाद रंगशालामा भएको प्रतिस्पर्धामाकप्तान रोहित शर्मालाई ३५ रनमा पभेलियनको बाटो देखाएपछि सुर्यकुमारले इनिंग सम्हले । अर्को इण्डमा रहेका ईशान किसान पनि शून्य रनमै पभेलियको बाटो समाएपछि कुर्नाल पाण्डे क्रिजमा आईपुगे ।

उनलाई पनि सस्तैमा जोफ्रा आर्चरले १२ रनमै आउट गरिदिएपछि सुर्यले हार्दिक पाण्डेसँग ७६ रनको साझेदारी निभाउँदै ४ विकेटको क्षतिमा मुम्बईले १९४ नको लक्ष्य राजस्थानलाई दिएको हो ।
यादवले ७९ रन बनाए । ४७ बल खेले । ११ चौका र २ छक्का उनको व्याट्बाट निस्कियो ।

पाण्डेले पनि उनलाई साथ दिदै नटआउट खेल्ने क्रममा २९ रन बनाए । १७बल खेल्दै २ चौका १ छक्का हिर्काए । पहिलो विकेट गुमाउँदा मुम्बई ४९/१ विकेटको स्थितिमा थियो । श्रेयस गोपालले दशौं ओभरको बलिंग गर्ने क्रममा दुई रन दिई दुई विकेट दिदैं मुम्बई इण्डियन्सलाई सस्तैमा समेट्ने प्रयासमा जुट्दा जोफ्रा आर्चरले पनि १४ औं ओभरमा दुई रन दिएर एक विकेट लिए ।

यद्यपी १८ औं ओभरमा १९ रन र २० औं ओभरमा १७ रन खर्चिएपछि मुम्बईले चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्यो । क्विनटन डी ककले कार्तिक त्यागीको बलमा आउट हुदाँ २३ रन बनाएका थिए । ३ चौका र १ छक्का हान्दै ओपनर कप्तान रोहित शर्मासँग ४९ रनको साझेदारी गरे ।

कप्तान शर्माले पनि ३५ रन बनाए । उनले २३ बल खेल्दै २ चौका र ३ छक्का हिर्काए । राजस्थानका अंकित राजपुत सबैभन्दा खर्चिला बलर बने । उनले ३ ओभरमा ४२ रन खर्चिए ।