राजस्थान पराजित, मुम्बई आईपिएलको शीर्षस्थानमा

- आईपिएल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


विकेट लिएपछि खुशी साट्दै मुम्बई इण्डियन्सका खेलाडीहरु ।

एजेन्सी (अबुधावी)-बलर जसप्रित बुमारहले ४ विकेट लिएपछि मुम्बई इण्डियन्सले दिएको लक्ष्य पछ्याएको राजस्थान रोयल्स १३७ रनमै समेटिएको छ । ओपनर एससभी जैसवाल टरेन्ट बोल्टले शून्यमै पभेलियनको बाटो देखाईदिएपछि राजस्थानको कमजोर शुरुवात देखियो ।

पहिलो, दोस्रो र तेस्रो ओभरमा एक एक विकेट गुमाएपछि राजस्थान निकै दबावमा अघि बढ्यो । राजस्थानको इनिंग सम्हाल्दै अर्धशतकीय पारी खेलेका जस बटलरसँग साझेदारी निभाउने खेलाडीकै अभाव देखियो । बटलरसँग क्रिजमा जम्ने खेलाडी दोस्रो इण्डबाट भटाभट आउट हुदैं बाहिरिएपछि १९४ रनको बलियो चुनौति सामना गर्न राजस्थान असमर्थ जस्तै देखियो ।

आठौं नम्बरमा आएका जोफ्रा आर्चरले राजस्थानका लागि दोस्रो सर्वाधिक रन बनाए । उनले २४ रनक बनाएका थिए । टम कुर्रनले १५ रन बनाउँदा महिपाल लोमरेरले ११ रनमा आउट भए । अन्य खेलाडीको दोहोरो अंकको रन बन्न सकेन् । टरेन्ट बोल्ट र जेम्स पाटिसनले समान २/२विकेट लिएका थिए ।

यसअघि मुम्बईले पहिलो व्याटिंग गदै सुर्यकुमार यादवको ७९ रनको ठोस इनिंगमा १९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मध्यक्रमका व्याट्सम्यान सुर्यकुमार यादवले अर्धशतक पुरा गर्दै सानदार इनिंग खेलेपछि मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १९४ रनको लक्ष्य दिएको थियो । कप्तान रोहित शर्मालाई ३५ रनमा पभेलियनको बाटो देखाएपछि सुर्यकुमारले इनिंग सम्हले ।

अर्को इण्डमा रहेका ईशान किसान पनि शून्य रनमै पभेलियको बाटो समाएपछि कुर्नाल पाण्डे क्रिजमा आईपुगे । उनलाई पनि सस्तैमा जोफ्रा आर्चरले १२ रनमै आउट गरिदिएपछि सुर्यले हार्दिक पाण्डेसँग ७६ रनको साझेदारी निभाउँदै ४ विकेटको क्षतिमा मुम्बईले १९४ नको लक्ष्य राजस्थानलाई दिएको हो ।

यादवले ७९ रन बनाए । ४७ बल खेले । ११ चौका र २ छक्का उनको व्याट्बाट निस्कियो । पाण्डेले पनि उनलाई साथ दिदै नटआउट खेल्ने क्रममा २९ रन बनाए । १७बल खेल्दै २ चौका १ छक्का हिर्काए । पहिलो विकेट गुमाउँदा मुम्बई ४९ १ विकेटको स्थितिमा थियो । श्रेयस गोपालले दशौं ओभरको बलिंग गर्ने क्रममा दुई रन दिई दुई विकेट दिदैं मुम्बई इण्डियन्सलाई सस्तैमा समेट्ने प्रयासमा जुट्दा जोफ्रा आर्चरले पनि १४ औं ओभरमा दुई रन दिएर एक विकेट लिए ।

यद्यपी १८ औं ओभरमा १९ रन र २० औं ओभरमा १७ रन खर्चिएपछि मुम्बईले चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्यो । क्विनटन डी ककले कार्तिक त्यागीको बलमा आउट हुदाँ २३ रन बनाएका थिए । ३ चौका र १ छक्का हान्दै ओपनर कप्तान रोहित शर्मासँग ४९ रनको साझेदारी गरे । कप्तान शर्माले पनि ३५ रन बनाए । उनले २३ बल खेल्दै २ चौका र ३ छक्का हिर्काए । राजस्थानका अंकित राजपुत सबैभन्दा खर्चिला बलर बने । उनले ३ ओभरमा ४२ रन खर्चिए ।