
नराने चेन्नई विरुद्ध व्याटिग गर्दै
एजेन्सी-भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत अबुधावीस्थित जियाद स्टेडियममा भएको खेलमा कोलकोत्ता नाईट राईडर्सले चेन्नईलाई १६८ रनको लक्ष्य दिएको छ ।
ओपनर राहुल त्रिपाठीले ८१ रनको ठोस इनिङ गरेपछि कोलकोत्ताले चेन्नई सामु मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।
डिवाने ब्राभोको बलमा सेन वाटसनको हातबाट क्याच हुनु अघि त्रिपाठीले उत्कृष्ठ इनिजङ खेल्ने क्रममा ८ चौका र ३ छक्का हिर्काउन ५१ बल खेल्न पुगे ।
छ जना व्याट्सम्यान भने दोहोरो अंंकको रन विहीन पभेलियन फर्किए । सार्वधिक रन हिर्काउन दोस्रो व्याट्सम्यानको रुमपा सुनिल नराने र पाट कुमिन्सले समान १७ रन बनाउँदा कुमिन्स नटआउट रहे । ब्राभोले ३ विकेट लिदाँ कर्न शर्मा, सार्दुल ठाकुर र साम कुरनले समान २/२ विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…