
बरुण चक्रवर्तीको बलमा आउट भएपछि निराश मुद्रामा महेन्द्रसिंह धोनी ।
एजेन्सी-भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत अबुधावीस्थित जियाद स्टेडियममा भएको खेलमा कोलकोत्ता नाईट राईडर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई १० रनले पराजित भएको छ ।
ओपनर राहुल त्रिपाठीले ८१ रनको ठोस इनिङ गरेपछि कोलकोत्ताले चेन्नई सामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । डिवाने ब्राभोको बलमा सेन वाटसनको हातबाट क्याच हुनु अघि त्रिपाठीले उत्कृष्ठ इनिजङ खेल्ने क्रममा ८ चौका र ३ छक्का हिर्काउन ५१ बल खेल्न पुगे ।
छ जना व्याट्सम्यान भने दोहोरो अंंकको रन विहीन पभेलियन फर्किए । सार्वधिक रन हिर्काउन दोस्रो व्याट्सम्यानको रुमपा सुनिल नराने र पाट कुमिन्सले समान १७ रन बनाउँदा कुमिन्स नटआउट रहे । ब्राभोले ३ विकेट लिदाँ कर्न शर्मा, सार्दुल ठाकुर र साम कुरनले समान २/२ विकेट लिए ।
सेन वाट्सनले अर्धशतक पुरा गरेपछि चेन्नई सुपरकिंग्सलाई आईपिएलमा कोलकोत्ता नाईट राइर्डससँग हारबाट जोगाउन सकेनन् । ओपनिंगमा आएको उनले ५० रन बनाँउदै अर्धशतक पुरा गरे । तर उनको अर्धशतक प्रभावकारी देखिएन् । उनी पछिका व्याट्सम्यासले मध्यम लक्ष्य पछ्याउने क्रममा रन जोड्न नसक्दा कोलकोत्तासँग १० रनले पराजित हुन पुग्यो ।
फाफ डु फ्लेसिसले ओपिनंगमा राम्रै साझेदारी निभाउने अपेक्षा गरिएपनि १७ रनमा उनी आउट भएपछि चेन्नईलाई दबाव हुन थाल्यो । दोस्रो विकेटको रुपमा आएका अम्बाती रायुदु पनि ३० रनमै आउट भएपछि सेन वाट्सनसँग लामो साझेदारी भने हुन पाए । रविन्द्र जडेजाले २१ रन नटआउट हिर्काउँदै जितको लक्ष्यसम्म पुर्याउन डोहोरयाएपनि सम्भव भने हुन सकेन् ।
कोलकोत्ताका आन्द्रे रसेल, सुनिल नराने, कमलेश नगरकोटी, बरुण चक्रवर्ती र शिभम माभिलाई एक एक विकेट हात पर्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…