
बरुण चक्रवर्तीको बलमा आउट भएपछि निराश मुद्रामा महेन्द्रसिंह धोनी ।
एजेन्सी-भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत अबुधावीस्थित जियाद स्टेडियममा भएको खेलमा कोलकोत्ता नाईट राईडर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई १० रनले पराजित भएको छ ।
ओपनर राहुल त्रिपाठीले ८१ रनको ठोस इनिङ गरेपछि कोलकोत्ताले चेन्नई सामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । डिवाने ब्राभोको बलमा सेन वाटसनको हातबाट क्याच हुनु अघि त्रिपाठीले उत्कृष्ठ इनिजङ खेल्ने क्रममा ८ चौका र ३ छक्का हिर्काउन ५१ बल खेल्न पुगे ।
छ जना व्याट्सम्यान भने दोहोरो अंंकको रन विहीन पभेलियन फर्किए । सार्वधिक रन हिर्काउन दोस्रो व्याट्सम्यानको रुमपा सुनिल नराने र पाट कुमिन्सले समान १७ रन बनाउँदा कुमिन्स नटआउट रहे । ब्राभोले ३ विकेट लिदाँ कर्न शर्मा, सार्दुल ठाकुर र साम कुरनले समान २/२ विकेट लिए ।
सेन वाट्सनले अर्धशतक पुरा गरेपछि चेन्नई सुपरकिंग्सलाई आईपिएलमा कोलकोत्ता नाईट राइर्डससँग हारबाट जोगाउन सकेनन् । ओपनिंगमा आएको उनले ५० रन बनाँउदै अर्धशतक पुरा गरे । तर उनको अर्धशतक प्रभावकारी देखिएन् । उनी पछिका व्याट्सम्यासले मध्यम लक्ष्य पछ्याउने क्रममा रन जोड्न नसक्दा कोलकोत्तासँग १० रनले पराजित हुन पुग्यो ।
फाफ डु फ्लेसिसले ओपिनंगमा राम्रै साझेदारी निभाउने अपेक्षा गरिएपनि १७ रनमा उनी आउट भएपछि चेन्नईलाई दबाव हुन थाल्यो । दोस्रो विकेटको रुपमा आएका अम्बाती रायुदु पनि ३० रनमै आउट भएपछि सेन वाट्सनसँग लामो साझेदारी भने हुन पाए । रविन्द्र जडेजाले २१ रन नटआउट हिर्काउँदै जितको लक्ष्यसम्म पुर्याउन डोहोरयाएपनि सम्भव भने हुन सकेन् ।
कोलकोत्ताका आन्द्रे रसेल, सुनिल नराने, कमलेश नगरकोटी, बरुण चक्रवर्ती र शिभम माभिलाई एक एक विकेट हात पर्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…