
सनराईजका जोनी बेरिष्टो व्याटिङ गर्ने क्रममा ।
एजेन्सी-सनराईज हैदरावादका ओपन डेविड वार्डन र जोनी बेरिष्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबलाई २०२ रनको चुनौति दिएको छ । ओपनर जोडीले १० ओभरमा १०० रनको साझेदारी निभाएका थिए ।
बिहीबार दुवई इन्टरनेशनल स्टेडियममा आईपिएलको २२ औं खेलमा सनराईजले टस जित्दै व्याटिङ शुरु गरेको थियो । आफनो पहिलो ओभरमै रवि विश्नोयले १८ रन खर्चिएका थिए । बेरिष्टोले २८ बलमा अर्धशतक पुरा गर्दा वार्नरले भने विकेट जोगाउँदै ३७ बलमा ५० रन पुरा गरेका थिए ।
बेरिष्टोले उनले ५२ बले खेल्दै ९७ रन बनाउँदै आउट भए । ७ चौका र ६ छक्का हिर्काउँदै उत्कृष्ठ शुरुवात गरे । कप्तान वार्नरले ३९ बल खेल्दै ५२ रनमा आउट भए । उनीहरुको जोडीले १५.१ ओभरसम्म साझेदारी निभाउँदै उत्कृष्ट शुरुवात गरेका थिए । १६ ओभरको पहिलो बलमा रवि विश्नोयले वार्नरलाई ग्लेन मेक्सवेलको हातबाट क्याच गराए । १६ओभरकै तेस्रो बलमा रविले बेरिष्टोलाई आउट गरे ।
पहिलो ओभरकै १८ रन खर्चिएर बलिङको पखाईमा रहेका रविले एकै ओभरमा सेट भएका दुवै व्याट्सम्यानलाई आउट गरे । बेरिष्टो पनि शतब पुरा गर्न ३ रन बाँकी रहदाँ रविकै बलमा एलबीडब्लुको धराप परे । दुई ओभरमा एक रन जोड्दा तीन विकेट गुमायो ।
तेस्रो विकेटको रुपमा मनिष पाण्डे एक रनमै आउट भए । उनलाई असरदिप सिंहले पभेलियनको बाटो देखाए । रविले नै तेस्रो विकेट लिने क्रममा अब्दुल सादमलाई ८ रनमै आउट गरे । असरदिप सिंहले पनि दोस्रो विकेट लिने क्रममा प्रियाम गर्गलाई शून्यमै आउट गरिदिए । मोहम्मद सामीले १ विकेट लिन ४० रन खर्चिए । सनराईजले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…