
सनराईजका जोनी बेरिष्टो व्याटिङ गर्ने क्रममा ।
एजेन्सी-सनराईज हैदरावादका ओपन डेविड वार्डन र जोनी बेरिष्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबलाई २०२ रनको चुनौति दिएको छ । ओपनर जोडीले १० ओभरमा १०० रनको साझेदारी निभाएका थिए ।
बिहीबार दुवई इन्टरनेशनल स्टेडियममा आईपिएलको २२ औं खेलमा सनराईजले टस जित्दै व्याटिङ शुरु गरेको थियो । आफनो पहिलो ओभरमै रवि विश्नोयले १८ रन खर्चिएका थिए । बेरिष्टोले २८ बलमा अर्धशतक पुरा गर्दा वार्नरले भने विकेट जोगाउँदै ३७ बलमा ५० रन पुरा गरेका थिए ।
बेरिष्टोले उनले ५२ बले खेल्दै ९७ रन बनाउँदै आउट भए । ७ चौका र ६ छक्का हिर्काउँदै उत्कृष्ठ शुरुवात गरे । कप्तान वार्नरले ३९ बल खेल्दै ५२ रनमा आउट भए । उनीहरुको जोडीले १५.१ ओभरसम्म साझेदारी निभाउँदै उत्कृष्ट शुरुवात गरेका थिए । १६ ओभरको पहिलो बलमा रवि विश्नोयले वार्नरलाई ग्लेन मेक्सवेलको हातबाट क्याच गराए । १६ओभरकै तेस्रो बलमा रविले बेरिष्टोलाई आउट गरे ।
पहिलो ओभरकै १८ रन खर्चिएर बलिङको पखाईमा रहेका रविले एकै ओभरमा सेट भएका दुवै व्याट्सम्यानलाई आउट गरे । बेरिष्टो पनि शतब पुरा गर्न ३ रन बाँकी रहदाँ रविकै बलमा एलबीडब्लुको धराप परे । दुई ओभरमा एक रन जोड्दा तीन विकेट गुमायो ।
तेस्रो विकेटको रुपमा मनिष पाण्डे एक रनमै आउट भए । उनलाई असरदिप सिंहले पभेलियनको बाटो देखाए । रविले नै तेस्रो विकेट लिने क्रममा अब्दुल सादमलाई ८ रनमै आउट गरे । असरदिप सिंहले पनि दोस्रो विकेट लिने क्रममा प्रियाम गर्गलाई शून्यमै आउट गरिदिए । मोहम्मद सामीले १ विकेट लिन ४० रन खर्चिए । सनराईजले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…