
जितपछि अभिवादन गर्दै कोहली ।
दुबई-कप्तान विराट कोहलीले नटआउट ९० रन हिर्काएपछि रोयल च्यालेन्ज बंग्लोरले दिएको १७० रनको चुनौतिलाई महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले पछ्याउने भने सकेन् । धोनीको टोली ८ विकेट गुमाउँदै १३२ रनमा समेटिएपछि बैग्लोरले ३७ रनले पराजित गरेको हो ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आईपिएलको शनिबार आयोजित खेलमा देवदत्त पट्टीकलले ओपनिंग राम्रै गरेका थिए । उनले ३३ रन बनाए । आरोन फिन्च २ रनमै आउट भएपछि कोहलीले इनिंग मात्रै सम्हालेनन् टोलीको सम्मानजनक स्कोर पर्याउन नटआउट रहे ।
उनले ९० रन बनाउने क्रममा ५२ बलमा ४ चौका र ४ छक्का नै हिर्काए । उनको महत्वपूर्ण इनिंगले रोयलले १६९ रनको सम्मानजनक स्कोर बनाएको थियो । सिभम दुवेले नटआउट २२ रन बनाएका थिए ।
चेरिस मोरिसले महत्वपूर्ण तीन विकेट लिएपछि लक्ष्य पछ्याएको चेन्नई १३२ रनमै समेटिएको थियो । १९ रन खर्चिएर ३ विकेट लिदाँ उनले १४ बल डट मात्रै फाले । अम्बाती रयुडुले सार्वधिक रन बनाउने क्रममा ४२ रनको योगदान रह्यो । नारायण जगदिशनले ३३ रन बनाएका थिए । सेन वाटसनले १४ रनमात्रै बनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…