
सनराईज हैदरावादका कप्तान डेविड वार्नर ।
एजेन्सी-अबको केहीबेरमा सनराईज हैदरवादले चेन्नई सुपरकिंग्ससँग खेल्दै छ । भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को २९ औं खेल अन्तर्गत यी दुवै टोली दुबईस्थित दुबई इन्टरनेशनल स्टेडियममा खेल्दै छन् । चेन्नईले सनसाईजसँग अघिल्लो खेलमा व्यहोरको हारको बदला लिने अवसर बन्ने छ भने सनराईजले चेन्नईमाथि जित निकाल्दै अंक तालिकामा माथि उक्लिने लक्ष्य हुने छ ।
यी दुईको पछिल्लो छ खेलमा यही मैदानमा सनराईजले ४ जित र दुई हार व्यहोरेको छ । चेन्नईले पनि ६ खेलमा ३ जित र ३ हार व्यहोरेको छ ।
आजको प्रतिस्पर्धा सनराईजका कप्तान डेविड वार्नरको लागि निकै महत्वपूर्ण हुने छ । उनले ५ हजार रनको कोशेढुंगा पुरा गर्ने लक्ष्यमा हुने छन् । उनी केवल १९ रनले मात्रै ५ हजार रन पुरा गर्न बाँकी छ । आईपिएलमा ५ हजार रन बनाउने उनी पहिलो विदेशी तथा दोस्रो खेलाडी बन्ने छन् । यसभन्दा अघि भारतीय खेलाडी रोहित शर्मा(मुम्बई इण्डियन्स)ले पुरा गरेका थिए ।
आईपिएलको यो सिजनको उनीहरु बीच दोस्रो भेट हो । यस अघि १४ खेलमा आमने सामने भएका थिए । जुन प्रतिस्पर्धामा चेन्नई सनराईजसँग ७ रनले पराजित भएको थियो । सनराईजले दिएको १६५ को लक्ष्य प्रस्तुत गर्दा चेन्नई १५७ रनमा समेटिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…