
सनराईज हैदरावादका कप्तान डेविड वार्नर ।
एजेन्सी-अबको केहीबेरमा सनराईज हैदरवादले चेन्नई सुपरकिंग्ससँग खेल्दै छ । भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को २९ औं खेल अन्तर्गत यी दुवै टोली दुबईस्थित दुबई इन्टरनेशनल स्टेडियममा खेल्दै छन् । चेन्नईले सनसाईजसँग अघिल्लो खेलमा व्यहोरको हारको बदला लिने अवसर बन्ने छ भने सनराईजले चेन्नईमाथि जित निकाल्दै अंक तालिकामा माथि उक्लिने लक्ष्य हुने छ ।
यी दुईको पछिल्लो छ खेलमा यही मैदानमा सनराईजले ४ जित र दुई हार व्यहोरेको छ । चेन्नईले पनि ६ खेलमा ३ जित र ३ हार व्यहोरेको छ ।
आजको प्रतिस्पर्धा सनराईजका कप्तान डेविड वार्नरको लागि निकै महत्वपूर्ण हुने छ । उनले ५ हजार रनको कोशेढुंगा पुरा गर्ने लक्ष्यमा हुने छन् । उनी केवल १९ रनले मात्रै ५ हजार रन पुरा गर्न बाँकी छ । आईपिएलमा ५ हजार रन बनाउने उनी पहिलो विदेशी तथा दोस्रो खेलाडी बन्ने छन् । यसभन्दा अघि भारतीय खेलाडी रोहित शर्मा(मुम्बई इण्डियन्स)ले पुरा गरेका थिए ।
आईपिएलको यो सिजनको उनीहरु बीच दोस्रो भेट हो । यस अघि १४ खेलमा आमने सामने भएका थिए । जुन प्रतिस्पर्धामा चेन्नई सनराईजसँग ७ रनले पराजित भएको थियो । सनराईजले दिएको १६५ को लक्ष्य प्रस्तुत गर्दा चेन्नई १५७ रनमा समेटिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…