
सनराईजलाई पराजित गरेपछि पन्जाबका खेलाडीहरु ।
अबुधावी(एजेन्सी)-सनराईज हैदराबादलाई १२ रनले पराजित गर्दै किंग्स इलाभेन पन्जाबले प्ले अफ म्याचको लागि सम्भावना कायमै राखेको छ । शनिबार राती निकोलास पुरनको ३२ रनको मद्दतमा पन्जाबले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।
व्याट्सम्यानहरुले खासै उल्लेख्य योगदान गरेनन् । तर पनि ओपनर केएल राहुलले २७ रनको योगदान गरे । अर्का ओपनर मन्दिप सिंहले १७ रन बनाएका थिए । क्रिस गेलले पनि तेस्रो नम्बरमा व्याटिंग गर्दै २० रन बनाएका थिए । रसिद खान, सन्दिप शर्मा र जासन होल्डरले दुई दुई विकेट लिएका थिए ।
१२७ रनको सामान्य लक्ष्य पटछ्याएको सनराईज भने ११४ रनमै समेटिन पुग्यो । डेविड वार्न र जोनी बेरिष्टले उत्कृष्ट शुरुवाती गरे । वार्नरले ३५ रन बनाए । बेरिष्टोले पनि १९ रनको योगदान दिए । विजय शंकरले २६ रन बनाउँदा मनिष पाण्डे १५ रन बाहेक अन्य व्याट्सम्यानको उल्लेख्य योगदान भने रहेन् । जितसम्मको स्थितिमा समेत अन्य व्याट्सम्यानले रन बटुल्न नसक्दा पराजय हुन पुग्यो । क्रिस जोर्डन र अर्सदिप सिंहले तीन तीन विकेट लिदैं सनराईजलाई धरासायी बनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…