
एजेन्सी, असोज १५ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडी रोहित शर्माले ५ हजार रन पुरा गर्दा मुम्बई इन्डियन्सल किंग्स इलाभेन पन्जाब सामु १ सय ९२ रनको लक्ष्य दिएको छ ।

सेख ज्यायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे । अर्धसतकीय इनिङसँगै रोहितको आईपीएलमा ५ हजार रन पूरा भएको छ । ५ हजार पूरा गर्ने तेस्रो खेलाडी समेत बनेका छन् ।

आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली रहेका छन भने दोस्रो स्थानमा ससेश रैना छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…