मुम्बईले किंग्स इलाभेन सामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


एजेन्सी, असोज १५ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडी रोहित शर्माले ५ हजार रन पुरा गर्दा मुम्बई इन्डियन्सल किंग्स इलाभेन पन्जाब सामु १ सय ९२ रनको लक्ष्य दिएको छ ।

सेख ज्यायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे ।

त्यस्तै मुम्बईका लागि किरन पोलार्डले ४७ रनको इनिङ खेल्दा हार्दिक पाड्याले ३०, इशान किशन २८ तथा सुर्य कुमार यादवले १० रनको योगदान गरे ।

बलिङतर्फ पन्जाबका लागि शेडोन कट्रेल, मोहमद स्वामी र कृस्नपा गोथामले समान एक–एक विकेट आफ्नो नाममा लेखाए ।