
एजेन्सी, असोज १७ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डिय प्रिमियर लिग (आईपिएल)मा विराट कोहलीको टोली रोयल्स च्यालेन्जर्स बैंगलोरले सहज जित हात पारेको छ ।
बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै जारी लिगमा तेस्रो जित निकालेको हो । राजस्थानले जितका लागि दिएको १५५ रनको लक्ष्य बैंगलोरले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै भेटायो । बैंगलोरका लागि देबदत्त पाडिकलले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ६३ रन बनाए ।
त्यस्तै विराट कोहलीले पनि बैंगलोरका लागि अर्धशतकीय पारी खेल्न सफल भए । ५३ बल खेलेका विराटले ७ चौका र २ छक्काको सहयोगमा ७२ रन बनाए । विराटको यो सिजनको आईपीएलमा पहिलो अर्धशतक हो । बैंलोरका लागि एबी डिभिलियर्सले १२ रन बनाउँदा एरोन फिन्चले ८ रन बनाए । बलिङतर्फ राजस्थाका लागि जोर्फा आर्चर र र्शेयस गोपालले एक–एक विकेट लिन सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जास्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएको राजस्थानले १५४ रन बनाएको थियो । राजस्थानका लागि महिपाल लोमरले ४७ रनको योगदान दिए । त्यस्तै राहुल तेवातीयाले २४ रन बनाउँदा जोस बटलरले २२, रविन उथपा र रियान प्रागले समान १६–१६ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजिभेन्द्र चहालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै इसुरु गडानले दूई विकट लिँदा नवदिप शैनीले एक विकेट हात पारे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…