
विकेट लिएपछि खुशी साट्दै मुम्बईका ईण्डियन्सका खेलाडीहरु ।
सारजहा, युएई- डेविड वार्नरले उत्कृष्ट शुरुवाती दिलाएपनि सनराईज हैदरवाद अन्तत मुम्बई इण्डियन्ससँग ३४ रनले पराजित भएको छ । युएईको सारजहास्थित क्रिकेट मैदानमा आईपिएलमा आज भएको प्रतिस्पर्धामा २०९ रनको लक्ष्य पछ्याएको सनराईज १७४ रनमै समेटियो ।
वार्नरले उत्कृष्ठ शुरुवात गर्ने क्रममा ६० रनको ठोस इनिङ खेले । जेम्स पाटिसनको बलमा आउट हुनु अघि वार्नरले ६० रन बनाउँदै गतिलो शुरुवात गरे । ४४ बल खेल्दै उनले ५ चौका २ छक्का हिर्काए । पहिलो विकेटको रुपमा सनराईजले जोनी बेरिष्टोलाई गुमायो । व्यक्तिगत २५ रन बनाएका जोनी टोरेन्ट बोल्टको बलमा पभेलियन फर्किए । दुई चौक र दुई छक्का हिर्काएन भ्याएका उनले १५ बल मात्रै खेल ।
उनी पछि आएका मनिष पाण्डेले पनि केही समय वार्नरलाई साथ दिए । तर पाण्डे पनि ३० रनमा आउट भएपछि सनराईज सस्तैमा समेटिने सम्भावना देखियो । केन विलियमसन, प्रियाम गर्ग र अभिषेक शर्मा क्रम ३, ८ र १० रनमा आउटभएपछि सनराईजले २०९ रनको लक्ष्य पछ्याउन निकै कठिन हुदैं गयो । अब्दुल सामदको नाममा २० रन मात्रै देखियो । सात विकेटको क्षतिमा १७४ रनमा समेटिन पुग्यो । मुम्बईका बलर टोरेन्ट बोल्टले २, जेम्स पाटिसनले २ र जसप्रित बुम्राहको नाममा पनि २ विकेट लेखिएको थियो ।
मुम्बई इण्डियन्सले आईपिएल अन्तर्गत आईतबार सनराईज हैदरवादलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो विकेट ६ रनमै गुमाएको मुम्बई इण्डियन्सले क्विन्टन डीककको उत्कृष्ठ अर्धशतकीय पारी खेल्दै इनिंग सम्हाले । रोहित शर्मालाई पहिलो विकेटको रुपमा ६ रनमा गुमाएको मुम्बईको इनिंग सम्हाल्दै डीककले ६७ रनको पारी खेले । उनले ३९ बल खेल्दै ४ चौका र चार छक्का हिर्काए ।
सुर्यकुमार यादवले पनि २७ रनको योगदान दिदाँ इशान किसानले पनि ३१ रन बनाई योगफल बढाउन निकै मेहनत गरे । यादवले १८ बल खेल्दा किसानले २३ बलको सामना गरे । यादवले ६ चौका ठोके । किसानले १ चौका र २ छक्का खातामा चढासँदा हार्दिक पाण्ड्याले पनि २८ रनको योगदान गरे । पाण्ड्या १९ बल खेल्दै २ चौका र २ छक्का हिर्काए । केइरन पोलार्ड र कुर्नाल पाण्ड्याले नटआउट रहँदै २५ र २० रन बनाए । पाण्ड्याले २चौका र २ छक्का हिर्काए । पाँच विकेटको क्षतिमा मुम्बईले २०८ रन बनाएको थियो । सन्दीप शर्मा र सिदार्थ काउलले दुई दुई विकेट लिए । सिदार्थले ४ ओभरमा ६४ रन खर्चिएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…