
मेग लनिङ
एजेन्सी-न्यूजिल्याण्ड विरुद्धको दोस्रो एक दिवसीय महिला क्रिकेटमा अष्ट्रेलियाले चार विकेटले पराजित गरेको छ । न्यूजिल्याण्डले दिएको २५२ को लक्ष्यलाई मेग लनिङ को शतकीय पारी खेलेपछि ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो ।
२५३ रनको लक्ष्य पछ्याउने क्रममा मेग लनिङले नटआउट शतकीय पारी खेल्दै जितको हकदार बनाउँदा राचेल हायनेससँग महत्वपूर्ण साझेदारी निभाईन् ।
लनिङले ९६ बल खेल्दै १०१ रनमा नटआउट रहदाँ ९ चौका र ३ छक्का हिर्काईन् ।हायनेसले ८२ रन बनाउँदै महत्वपूर्ण योगदान दिईन् । ८४ बलमा १३ चौका र १ छक्का उनको नाममा लेखियो ।
न्यूजिल्याण्डले सोफिई डिभाइनको अर्धशतकीय पारीको योगदानमा २५२ रन बनाएको थियो । उनले ओपनिङ व्याटिङ गर्दै ७९ रन बनाईन् । उनको र एमी साटर्थवेथले महत्वपूर्णै साझेदारी निभाएका थिए ।
एमीले ६९ रन बनाईन् । ओपनर नाटाली डडले ३४ रन बनाई पभेलियन फर्किइन् । त्यसैगरी काथे मार्टिनले २६ रन बनाएकी थिईन् । अष्ट्रेलियन बलर जेस जोनासेनले सर्वाधिक चार विकेट लिदाँ ३६ रन खर्र्चिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…