
रिबन काटेर नवनिर्मित भलिबल कोर्ट उदघाटन गर्दै मन्त्री विक ।
पोखरा-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताएका छन् । उनले पूर्वाधार निर्माण नहुदाँ खेलकुदको विकास सम्भब नहुने जिकिर समेत गरे ।
‘खेलकुदको विकास हुन पूर्वाधार अनिवार्य चाहिन्छ ’ उनले शनिबार पोखरा–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको उदघाटन गर्दै भने–‘पूर्वाधारसँगै खेलकुदको विकास गर्नुपर्ने आवश्यक छ ।’ मन्त्री विकले ग्रामीण क्षेत्रमा बनाइएको पूर्वाधारले खेलकुदको गतिविधि बढ्ने भन्दै गाउँ गाउँबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । सरकारले अहिले खेलकुद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री विकले यही पूर्वाधारको विकासले आगामी वर्ष प्रतिफल पाईने स्पष्ट पारे ।
बाम्दीमा निर्माण गरिएको भलिबल कोर्टबाट भलिबलको विकास र विस्तारमा नयाँ आयाम हुने विश्वास समेत मन्त्री विकले लिए । पोखरा महानगरपालिकाका ेआयोजना सञ्चालित वडास्तरीय भलिबल प्रतियोगितामा पोखरा–२३ बाम्दीले उपाधि उचालेको थियो । त्यसैले पनि भलिबल कोर्टसँगै अन्य खेल पूर्वाधारको लागि समेत सरकारले चासो दिने प्रतिबद्धता समेत जनाए ।
गण्डकी प्रदेश सदस्य राजीव पहारीले खेलकुद पूर्वाधारले गाउँ ठाँउमा समेत खेलकुदको गतिविधि बढ्ने बताए । ‘खेलकुदसँगै बाम्दीलाई कालोपत्रे सडकले छोएपछि खेलकुदको गतिविधि अझै बढ्ने छ ।’ उनको भनाई थियो । कार्यक्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सबैको सहयोगमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको जनाउँदै पूर्वाधार निर्माणमा अझै तिर्नुपर्ने रकम नआउँदा समस्या सृजना भएको बताए ।
जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले अत्यन्तै कठिन परिस्थितिमा समेत भलिबल कोर्ट निर्माण भएकोप्रति सबैमा आभार प्रकट गरे । ‘गत आर्थिक वर्षमा कास्कीमा १६ योजनालाई सफलतापूर्वक कार्यान्वयन गरियो’ उनले भने–‘त्यसमा पनि कोरोनाको महामारीकै कठिन परिस्थितमा पनि पुरा गरिएको छ ।’ कार्यालय प्रमुख बरालले अप्ठ्यारो परिस्थितिमा समेत उपभोक्ता समितिले जिम्मेवारी पुरा गर्दै अनुकरणीय कार्य गरेको बताए ।
पोखरा–२३ वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पनि भलिबल कोर्टको निर्माणले भलिबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले अन्य खेलकुदको पूर्वाधार निर्माण गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणको लागि सरकारले चासो दिनुपर्नेमा जोड दिए । एक स्थानीय तह एक खेलमैदानको नीति अनुसार मन्त्रालयले उपलब्ध गराएको ५० लाखको लागतबाट भलिबल कोर्ट निर्माण गरिएको हो । भलिबल कोर्टसहित दुवै तर्फ दर्शक प्यारापिट निर्माण गरिएको छ । आर्थिक प्रतिवेदन सुनाउँदै पार्वती अधिकारीले स्थानीयको ५ लाख ८४ हजारको श्रमदानसँगै कोर्ट निर्माण गर्न ५३ लाख ४ हजार रुपैयाँ खर्च भएको सुनाईन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…