
निर्माणाधिन मौजाको फुटबल मैदान । खेलाडी न्यूज ।
पोखरा-माथि जंगल छ । तल बस्ती छ । अलि परे हेर्यो भने पोखराको बजार देखिन्छ । त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ ।
पोखरा २० मौजामा पोखराकै उचाईमा फुटबल मैदान बन्दै छ । मैदानबाट हिमाल छर्लङ्गै देखिन्छ । मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माण गर्ने कार्य अगाडि बढाइएको छ । पोखरा महानगरपालिकाले यो आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसभन्दा अघि नै ८ लाख रुपैयाँको लागतमा जमिन कटान गरेर सम्याउने काम गरिएको थियो । तर बजेट अभावले काम अगाडि बढ्न सकेको थिएन् ।
महानगरले बजेट छुट्टाएपछि काम अघि बढेको छैन् । यतिबेला कोरोना कहर छ । कहरकै कारण थप काम भने हुन सकेको छैन् । फुटबल मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले प्रत्यक्ष निरीक्षण गरेर फर्किएका छन् । निरीक्षण गरेर फर्किएपछि श्रेष्ठले भने—‘फुटबल मैदान निर्माण गर्न उपयुक्त छ । प्राकृतिक दृष्टिकोणले निकै रमणीयस्थल छ ।’ उनका अनुसार पोखरासँगै जोडिएको मौजामा फुटबल मैदान निर्माणसँगै खेलाडीलाई होम स्टेमा राखेर प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।
उनले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले नै मौजा खेलमैदानको निरीक्षण गरेर खबर गर्न निर्देशन गरेपछि आफुले निरीक्षण गरेर फर्किएको प्रष्ट्याए । ‘फुटबल मैदान बनाउन जरुरी छ । त्यसमा पनि अझ मौजामा बनाउन अझै उपयुक्त देखिन्छ’ उनले थपे—‘प्राकृतिक सौन्दर्यताले खेलाडीको मनै लोभ्याउँछ ।’
मैदान निर्माण गर्न महानगरपालिकाले छुट्टाएको बजेटबाट काम अघि बढाउनुपर्नेमा जोड दिए । उनले महानगरपालिकाको बजेटबाट शुरु गरिएको कामलाई फत्ते गर्न राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय तथा प्रदेश सरकारसँग थप बजेटको लागि लबिङ गरिने स्पष्ट पारे ।
डेढवर्ष अघि मैदानको डिपिआर तयार गरिएको छ । डिपिआर अनुसार १६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
डिपिआरमा फुटबल मैदानसहित पार्किङ, दर्शक प्यारापिट, चेन्जिङ रुम तथा अन्य खेलकुद पूर्वाधार समेत समेटिएको छ । पोखरा—२० भलाम मौजाका वडाध्यक्ष सीम गुरुङले फुटबल मैदान निर्माणपछि ग्रामीण क्षेत्रमा स्पोर्टस टुरिज्म विकास हुने अपेक्षा गरे ।
‘फुटबल प्रतियोगितासँगै गाँउसम्म पुग्ने बाटोको स्तरोन्नति शुरु गरिएको छ । यातायातको सहज पहुँच पुगेपछि प्रतियोगिता आयोजना गर्न सकिन्छ । होमस्टेमा राखेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।’उनले भने—‘त्यसको लागि सबै तह र तप्काबाट सहयोग हुन जरुरी छ ।’ फुटबल मैदान निर्माणपछि पोखराकै सबैभन्दा उचाईमा रहेको फुटबल मैदान हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…