
नेपाल क्रिकेट संघ(क्यान) लोगो ।
पोखरा-पोखरामा क्रिकेट प्रशिक्षक नभएको लामै समय भयो । ६० को दशकमा पोखराको क्रिकेटलाई उचाईमा पुर्याउने जिम्मेवारी जगत टमटाको काँधमा थियो । उनको पनि दुईचार वर्षे बसाईपनि राजधानी हुँईकिए । राजधानी हुँईकिएपछि पोखरा क्रिकेट प्रशिक्षकको अभावमा टुहुरो बन्यो । केही समय भैरहवाबाट जंगबहादुर थापा काजमा आएर नसिकाएका पनि होईनन् । तर थापा बर्षदिनपनि बसेनन् ।
लामो समय प्रशिक्षकविहीन टुहुरा बनेको पोखराले क्रिकेट प्रशिक्षक सम्भव मंसिर भित्रमा पाउने छ । तर पोखरालाई नभई गण्डकी प्रदेशलाई । प्रदेशको केन्द्र विन्दु पोखरामा रहेर नयाँ प्रशिक्षकले क्रिकेटको विकास र विस्तारमा आफनो दिलोज्याउन लगाउनेमा कास्की जिल्ला क्रिकेट संघ विश्वस्त छ ।
शुरुवाती समयमा क्रिकेट मैदानको अभाव थियो । क्रिकेट प्रशिक्षक थिए । अहिले मैदान व्यवस्थित छ, प्रशिक्षक छैनन् । प्रशिक्षक बिना नै पोखरा(तत्कालिन क्षेत्र नं ८) राष्ट्रिय प्रतियोगितामा आफुलाई उम्याउँदै आएको छ । अस्थायी प्रशिक्षकको रुपमा टिम सम्हाल्नुपर्ने बाध्यता स्वयसेवक प्रशिक्षकको काँधमा आयो ।
नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षकको छनोटको तयारीमा छ । अन्तरवार्ता मार्फत नेपाली क्रिकेटलाई माथि उठाउने प्रशिक्षक छनोटपछि प्रदेशस्तरीय क्रिकेट छनोट शुरु हुने छ । प्रदेशस्तरीय क्रिकेट प्रशिक्षक बन्ने दौडमा चार छन् । चार जनामध्ये दुई जना पोखराका प्रशिक्षक छन् । रिजन प्रजु र दिपेश खत्री प्रदेश प्रशिक्षक बन्ने दौडमा रहेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले सुनाए । उनीहरुसँगै अन्य दुई जनाले पनि चासो दिएको उनले जानकारी दिए । अन्य दुईजना भने पोखरा बाहिरका हुन् ।
ु
खत्री पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी हुन् । लामो समय नेपाली क्रिकेटमा भिजेका छन् । प्रजु प्रदेशकै विभिन्न समयमा स्वयंसेवक प्रशिक्षक बन्दै विभिन्न राष्ट्रिय प्रतियोगितामा टिम सम्हाल्ने मौका पाएका छन् । प्रजु दृष्टिविहीन प्रशिक्षक समेत रहेर अनुभव लिईसकेका छन् । कास्की जिल्ला क्रिकेट संघ कास्कीले पनि पोखराको क्रिकेटलाई बुझेको व्यक्ति प्रशिक्षक बन्नुपर्ने धारणा राख्दै आएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…