
भारतीय कप्तान विराट कोहली । तस्बिर फाईल
एजेन्सी-अष्ट्रेलिया भ्रमणमा रहेको भारतले भोलि क्यानबेरामा एकदिवसीय सिरिजको अन्तिम खेल खेल्ने छ । अन्तिम एक दिवसीय खेल भने भारतीय कप्तान विराट कोहलीको लागि विशेष रहने छ ।
सिरिज भारत २-० ले पछि पर्दै गुमाई सकेको अवस्थामा पनि कप्तान कोहलीले नयाँ किर्तिमानी बनाउने लक्ष्यमा हुने छन् । भारतीय माष्टर्स ब्लाष्टर्स सचिन तेन्दुलकरलाई पछि पार्दै सर्वाधिक १२ हजार रन कटाउने किर्तिमानी नजिक छन् ।
त्यो पनि कम खेलमै । १२ हजार रन कटाउन तेन्दुलकरले ३०९ म्याचमा ३०० औं पारी खेल्दै पुरा गरेका थिए । जुन लक्ष्यलाई विराटले भने २५१ औं खेलको २४२ औं पारीमा पुर्याउने छन् ।
विराट त्यसको लागि केवल २३ रनले मात्रै पछि छन् । यदि उनले बुधबार अष्ट्रेलियासितको एकदिवसीय खेलमा २३ रन बनाए तेन्दुलकरले बनाएको किर्तिमानीलाई पछि पार्ने छन् । विराटले अष्ट्रेलियासँगको खेलमा ८ शतक हिर्काइसकेका छन् ।
भोलिको खेलमा उनले शतक प्रहार गरे सर्वाधिक छिटो १२ हजार रन बनाउने किर्तिमानी आफनो नाममा लेख्ने नै छन् । त्यतिमात्रै नभई तेन्दुलकरले अष्टर्ेलिया विरुद्ध हिर्काएको ९ शतकको किर्तिमानी समेत बराबरी गर्ने छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…