
कप्तान विराट कोहली ।
एजेन्सी-क्याबेरामा भएको अन्तिम एक दिवसीय खेलमा भारतले अष्ट्रेलियालाई १३ रनले पराजित गर्दै सिरिज क्लिन स्वीप हुनबाट जोगाएको छ । टस जितेर व्याटिंग गरेको भारतले ३०३ रनको योगफल तयार पारेको थियो । भारतको इनिङमा हार्दिक पाण्ड्याले म्यान अफ दि म्याच खेले । उनले ९२ रनको योगदानमा भारतले अष्ट्रेलिया सामु बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
छैटौं विकेटको लागि पाण्ड्या र रविन्द्र जडेजाले १५८ रनको साझेदारी निभाए । दुवै अविजित रहने क्रममा पाण्ड्याले ९२ र जडेजाले ६६ रन हिर्काएका थिए । कप्तान विराट कोहलीले पनि अर्धशतकीय पारी खेल्दै किर्तिमानी कायम गरे । उनले ६३ रन बनाउँदै माष्टर्स ब्लाष्टर्सको किर्तिमानी आफनो नाममा लेखाएका हुन् ।

३०३ रनको लक्ष्य पछ्याएको अष्ट्ेलिया भने २८९ रनमा समेटियो । कप्तान आरोन फिन्चले ७५रनको ठोस इनिङ खेलेपनि जितसम्म डोहोर्याउन भने सकेनन् । ग्लिन म्याक्सवेलले पनि अर्धशतकीय पारी खेले । अघिल्ला दुई एकदिवसीय खेलमा शतक हिर्काएका स्टेभन स्मिथ भने तेस्रो खेलमा चल्नै सकेनन् । श्रदुल ठाकुरले महत्वपूर्ण तीन विकेट लिदाँ टी.नाटराजनले अष्ट्रेलिया विरुद्धको एकदिवसीयमा डेब्यु गर्दै दुई विकेट लिएका थिए । दुई विकेट जसप्रित बुमराहको नाममा लेखिएको थियो ।
कोहलीको किर्तिमान
तेस्रो एकदिवसीय खेलमा कप्तान विराट कोहलीले जितसँगै सचिन तेन्दुलकरको नाममा रहेको किर्तिमान आफनो नाममा सारेका थिए । भारतीय क्रिकेटरमा सबैभन्दा कम इनिंङ खेल्दै १२ हजार रन पुरा गर्ने भारतीय खेलाडीको किर्तिमान आफनो नाममा लेखाएका हुन् ।
कोहली १२ हजार रन पुरा गर्न २३ रन कम थियो । आजको खेलमा ६३ रन हिर्काउँदै एकदिवसीय खेलमा सबैभन्दा कम इनिङमा पुरा गर्ने किर्तिमान लेखाएका हुन् । कोहली २४२ औं खेलमा १२ हजार रन कटाएका थिए । तेन्दुलकरले ३०९ म्याचमा ३०० औं पारी खेल्दै पुरा गरेका थिए । जुन लक्ष्यलाई विराटले भने २५१ औं खेलको २४२ औं पारीमा पुरा गर्दै किर्तिमानी बनाएका हुन् । विराटले अष्ट्रेलियासँगको खेलमा ८ शतक हिर्काइसकेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…