
जितपछि भारतीय टोली ।
एजेन्सी-टी नाटराजन र युजभेन्द्र चाहालले समान तीन तीन विकेट लिएपछि अष्ट्रेलिया भ्रमणमा रहेको भारतले पहिलो टी२० सिरिजमा घरेलु टोलीलाई ११ रनले पराजित गरेको छ ।
शुक्रबार क्यानबेरामा भएको सिरिजको पहिलो खेल जित्दै भारत घरेलु टोलीमाथि हावी हुन पुग्यो । एक दिवसीय खेल २-१ ले गुमाएको भारतले अष्ट्रेलियालाई १६१ रनको चुनौति दिएको थियो । तर अष्ट्रेलिया सात विकेट गुमाउँदै १५० रनमा समेटियो ।
अष्ट्रेलियन तीन व्याट्सम्यान दोहोरो अंकको रनबाट चुके । कप्तान आरोन फिन्च र डिआर्चे सर्टले पहिलो विकेटको लागि महत्वपूर्ण साझेदारी निभाएपनि मध्यक्रम व्याट्सम्यान खासै जम्न सकेनन् । एकदिवसीयमा दुई खेलमा दुई शतक हिर्काएका स्टेभन स्मिथ सस्तैमा आउट भए। फिन्चले ३५ र सर्टले ३४ रनको योगदान गरे । मोईसिस हेनरीक्विसले उकास्ने क्रममा ३० रन बनाए । तर जित नजिक पुगेर अष्ट्रेलियाले हार व्यहोर्न पुग्यो ।
भारतले पहिले व्याटिंग गर्ने क्रममा केएल राहुलको अर्धशतीय पारीमा १६१ रनको योगफल तयार पारेको थियो । ५१ रन हिर्काए । रविन्द्र जडेजाले अविजित ४४ रनको बनाएपछि भारतले सम्मानजनकस्कोर बनाएको थियो । सन्जु सामसनले २३ रनको पारी खेले । हेनरीक्विसले ३ विकेट लिएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…