
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी फास्ट बलरद्वय करण केसी र सोमपाल कामी तथा युवा खेलाडी कुशल मल्ल टी-१० लिगमा अनुबन्धित भएका छन् ।
सोमपाललाई मराठा अरेबियन्सले अनुबन्ध गरेको हो। सोमपालले विदेशी लिग खेल्न लागेको यो दोस्रोपटक हो । गतवर्ष उनले क्यानडाको ग्लोबल टी-२० खेलेका थिए । उनी नेपाली टिमका प्रमुख बलर हुन् ।
अर्का प्रमुख बलर करण केसी पहिलो पटक विदेशी लिगमा अनुबन्धित भएका छन् । उनलाई पुणे डेभिल्सले टिममा समावेश गरेको हो । उनी प्रमुख बलरसँगै तल्लो क्रममा ठुलो सट खेल्ने ब्याट्सम्यान हुन् ।
यस्तै युवा खेलाडी अल राउन्डर कुशल मल्ललाई भने टिम आबुधाबीले अनुबन्धित गरेको छ । कुशल ओडिआईमा अर्धशतक प्रहार गर्ने विश्व क्रिकेट कै सबैभन्दा कम उमेरका खेलाडी हुन् । विश्व किर्तिमानी युवा स्टार कुशल आक्रमक ब्याटिङ गर्ने गर्छन भने स्पीन बलर हुन् ।
यी तीन खेलाडी के कति रकममा अनुबन्धित भए भनेर खुलाइएको छैन । यसरी एकै विदेशी लिगमा तीन खेलाडी ड्राफ्टमा परेको यो पहिलो पटक हो । यसअघि यो लिग पारस खड्का र सन्दीप लामिछानेले खेलिसकेका छन् ।
यो पटक भने पारस खड्का फरक भुमिकामा छन् । उनी टिम आबुधाबीका इमर्जिङ मेन्टरको रूपमा रहनेछन् । टी-१० लिग जनवरी २८ देखि फेब्रुअरी ६ सम्म युएईमा हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…