
आईपिएलमा १० टिमको स्वीकृति
एजेन्सी-भारतीय क्रिकेट बोर्ड (बीसिसिआई)ले सन २०२२ देखि फ्रेन्चाईज क्रिकेट लिग आईपिएलमा १० टिम खेल्ने स्वीकृति प्रदान गरेको छ । बिहीबार भारतको अहेमदावादमा भएको बिसिसिआईको बोर्ड बैठकले १० टिम समावेश गर्ने स्वीकृत प्रदान गरेको हो । बोर्डको ८९ औंं बैठककै दश टिम समावेश गर्ने एजेण्डामा छलफल भएको थियो ।
आगामी चार महिनापछि अर्को संस्करणको आईपिएल हुदैं छ । सन २०२१ मा हुने आईपिएलमा भने आठवटै टिमले सहभागिता जनाउने छन् । बिसिसिआईको बैठकमा अर्को महत्वपूर्ण विषयमा समेत छलफल गरिएको जनाइएको छ । सन २०२८ मा अमेरिकाको लसएन्जलसमा आयोजना हुने ओलम्पिकका क्रिकेटलाई समावेश गर्ने विषयमा समेत छलफल गरिएको थियो । बिसिसिआईको प्रस्तावमा अन्तराष्ट्रिय क्रिकेट संस्था(आईसिसी) समेत सकारात्मक देखिएको छ ।
कोभिडकै समयमा समेत आईपिएलको संस्करण संयुक्त अरब इमिरेट्समा आयोजना गरिएको थियो । त्यही सन्दर्भमै आईपिएलमा १० टिम समावेश गर्ने विषयमा चर्चा शुरु भईसकेको थियो । बैठकमा बिसिसिआईका अध्यक्ष सौरभ गान्गुलीले पनि क्रिकेटको विकास र विस्तारको लागि दुई नयाँ शहरलाई समावेश गर्ने निर्णय गरिएको बताएका छन् । उनका अनुसार आईपिएलनको नक्सामा अझै ठूलो, अझ बढी विश्वभरका धेरै खेलाडीहरु अवसरहरु सृजना हुने छ ।
बिसिसिआईले प्रत्येक राज्यमा एक फेन्चाईज क्लब बनाउने अभियान छ । नयाँ फ्रेन्चाईज टोली जुन घरेलु आधारित हुने छन् । महाराष्ट्र, तामिल नाडु, कर्नाटका, तेलंगाना, राजस्थान, पश्चिम बंगाल छन् । अहेमदावाद, राजकोट, विशाखापट्टम, कोची र लखनउ शहरमा फ्रेन्चाईज टोलीको लागि नयाँ अन्तराष्ट्रिय खेल भेन्यु बन्न सक्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…