
आर्चरी खेलाडी हिमप्रकाश पुन
पोखरा-अन्तराष्ट्रिय आर्चरी खेलाडी हिमप्रकाश पुनको सवारी दुर्घटनामा निधन भएको छ । उनको निधनले कास्की जिल्ला आर्चरी संघले आर्चरीको पुर्व अन्तराष्ट्रिय खेलाडी गुमाएको छ ।
म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका पुन गएराती पोखराको याम्दीमा सवारी दुर्घटना हुदाँ निधन भएको हो । निधनले आर्चरी संघ शोकमा परेको छ । पोखरा रामबजार निवासी ५० वर्षिय पुन आर्चरीका अन्तराष्ट्रिय खेलाडी हुन् ।
२००८ मा भारतको जम्सेरपुरमा आयोजित दोस्रो आर्चरी साफ च्याम्पियनसिपमा सहभागि भएका थिए । २०६५ सालमा काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको प्रतिनिधित्व गरेका थिए ।
पोखरामै आयोजित दोस्रो राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा समेत उनी पदक विजेता खेलाडी समेत रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । अध्यक्ष शेरचनका अनुसार पुन अन्नपूर्ण आर्चरी क्लबका सक्रिय सदस्य समेत थिए ।
आर्चरीसँगै स्कुले जागिरे समेत रहँदा आर्चरीलाई विस्तारै टाढिदै गएको समेत संघको भनाई थियो । एक छोरा र श्रीमती छन् । परिवारको उनी जेठा हुन् । छोरा अष्ट्रेलिया छन् । संघका अनुसार पुनको पार्थिक शरीरको सोमबार अन्त्येष्टि गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…