
आर्चरी खेलाडी हिमप्रकाश पुन
पोखरा-अन्तराष्ट्रिय आर्चरी खेलाडी हिमप्रकाश पुनको सवारी दुर्घटनामा निधन भएको छ । उनको निधनले कास्की जिल्ला आर्चरी संघले आर्चरीको पुर्व अन्तराष्ट्रिय खेलाडी गुमाएको छ ।
म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका पुन गएराती पोखराको याम्दीमा सवारी दुर्घटना हुदाँ निधन भएको हो । निधनले आर्चरी संघ शोकमा परेको छ । पोखरा रामबजार निवासी ५० वर्षिय पुन आर्चरीका अन्तराष्ट्रिय खेलाडी हुन् ।
२००८ मा भारतको जम्सेरपुरमा आयोजित दोस्रो आर्चरी साफ च्याम्पियनसिपमा सहभागि भएका थिए । २०६५ सालमा काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको प्रतिनिधित्व गरेका थिए ।
पोखरामै आयोजित दोस्रो राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा समेत उनी पदक विजेता खेलाडी समेत रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । अध्यक्ष शेरचनका अनुसार पुन अन्नपूर्ण आर्चरी क्लबका सक्रिय सदस्य समेत थिए ।
आर्चरीसँगै स्कुले जागिरे समेत रहँदा आर्चरीलाई विस्तारै टाढिदै गएको समेत संघको भनाई थियो । एक छोरा र श्रीमती छन् । परिवारको उनी जेठा हुन् । छोरा अष्ट्रेलिया छन् । संघका अनुसार पुनको पार्थिक शरीरको सोमबार अन्त्येष्टि गरिने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…