
नेपाल क्रिकेट संघ(क्यान) लोगो ।
पोखरा-काठमाडौं महानगरपालिकाको आयोजनामा यही फागुन २२ गतेदेखि मेयर कप हुदैं छ । मेयर कपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने छ । एकसाता चल्ने एकदिवसीय क्रिकेटमा प्रधानमन्त्री कपका चार सेमिफाइनलिष्ट टोली र एक टोली काठमाडौं महानगरपालिकाको बन्ने छ ।
काठमाडौं महानगरपालिकाको टिम भने प्रदेश १ , प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको संयुक्त बनाईने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री कपका चार सेमिफाईनलिष्ट टोलीमा तीन विभागीय क्लब त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल र बाग्मती प्रदेश हुन् । काठमाडौंको टोली भने विभिन्न प्रदेशबाट खेलाडी छनोट गरेर टोली बनाईने क्यानले जनाएको छ । राउण्ड रोविन लिगको आधारमा खेलाईने सम्भावन छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…