
सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका
पोखरा-सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार पोखरा रंगशाला क्रिेकट मैदानमा यही फागुन १७ गते चितवन क्रिकेट टिमले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता शुरु हुने छ ।
के.एन स्पोर्टस प्रा.लिको आयोजना तथा सुपर जनरल(द कन्फिडेन्स च्वाईस)को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको दोस्रो दिन १८ गते पहिलो खेल चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । एफ एण्ड एफ हाम्रो मार्ट प्रालि, गण्डकी प्रदेश क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा आयोजित टी–२० क्रिकेट लिगमा दोस्रो दिनको दोस्रो खेल भने सुपर जनरल पोखरा ११ ले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।
यसैगरी १९ गते दुई खेल खेलाईने छ । के.एन स्पोर्ट प्रालिका प्रबन्ध निर्देशक विधान श्रेष्ठका अनुसार १९ गते पहिलो खेल सुपर जनरल पोखरा ११ ले चितवन क्रिकेट टिमसँग खेल्ने छ । दोस्रो खेल बालुवाटार क्रिकेट क्लबले स्याङजा क्रिकेट क्लबसँग खेल्ने तालिका तय गरिएको छ ।
२० गते पहिलो खेल सुपर जनरल ११ ले बालुवाटार क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । अर्को खेल भने पेलिकन्स क्रिकेट क्लब तनहुँले बाग्लुङ क्रिकेट क्लबसँग खेल्ने छ । २१ गते पहिलो खेल मिक्समाण्डु क्लबले पेलिकन्स क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल जनकपुर क्रिकेट क्लब जनकपुरले बाग्लुङ क्रिकेट क्लबसँग खेल्ने तालिका बनाइएको छ ।
२२ गते पहिलो खेल पेलिकन्सले जनकपुर क्रिकेट क्लबसँग खेल्दा दोस्रो खेल भने बाग्लुङ क्रिकेट क्लबले मिक्समाण्डु क्रिकेटसँग प्रतिस्पर्धा गर्ने छ । २३ गते मिक्समाण्डु क्रिकेटले जनकपुर क्रिकेटसँग प्रतिस्पर्धा गर्ने छ । २४ गते भने सेमिफाईनलका खेलहरु खेलाईने छ । फाईनल २६ गते हुने छ । प्रतियोगिताको अफिसियल अनलाईन पार्टनर भने खेलाडी न्युजडटकम रहेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…