
निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदान निरिक्षण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली ।
पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन् । सोमबार पोखरा प्रदेशस्तीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा स्वीमिङ पुल(पौडी पोखरी)र सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पौडी पोखरी निर्माण गर्नेमा सरकारको ध्यान केन्द्रीत भएको जनाए । ‘पूर्वाधार बनाउनुपर्छ ।’ प्रधानमन्त्रीले ओलीले भने–‘आवश्यक बजेटको अभाव हुदैन् ।’
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा आधुनिक प्यारापिटसहितको फुटबल मैदान निर्माणाधिन अवस्थामा छ । कोभिडकै कारण पटक पटक म्याद थप हुदै आएको छ । निर्माणको गति पनि सुस्त छ । ‘पूर्वाधार पुरा हुनेमा संकोच मान्नुपर्दैन् ।’ उनको भनाई थियो । पूर्वाधारको लागि प्रदेश सरकार तथा स्थानीय तहले समेत अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।
१२ औं सागमा नेपालले केवल ३ वटा स्वर्ण पदक मात्रै जितेको भन्दै प्रधानमन्त्री ओलीले हामीले आयोजना गरेको १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा ५१ स्वर्ण पदक जितेको बताए । ‘खेलाडीको मेहनत र इमान्दारिताले पटक जित्न सफल भयौं ।’ उनले भने–‘पदक जित्ने सबै खेलाडीलाई प्रोत्साहन गर्दै सम्मान गर्यौं ।’ प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहित गर्न खेलाडीलाई सम्मान गरिएको उल्लेख गर्दै खेलमा खेलाडीहरु इमान्दार बन्नुपर्नेमा जोड दिए । ‘खेलमा इमान्दार हुनुपर्छ’ प्रधानमन्त्री ओलीले थपे–‘इमान्दार भए कसैले उछिन्न सक्दैन् ।’
प्रधानमन्त्रीको सम्बोधन अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको गुरुयोजनासहित निर्माण भएको भौतिक पूर्वाधारको विषयमा जानकारी गराएका थिए । सदस्य सचिव सिलवालले पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पौडी पोखरी र सुटिङ रेन्ज बनाउन आवश्यक टेण्डर प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए ।
सदस्य सचिव सिलवालले पोखरामै केही दिन अघि मात्रै आएको समयमा टेण्डर आह्वानपछि ठेकेदारलाई मोविलाईजेशन रकम उपलब्ध गराउन आवश्यक बजेट अभावले टेण्डर प्रक्रिया हुन नसकेको जिकिर गरेका थिए । पोखरामै आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाको समयको झण्डै दुई करोड रुपैयाँ विभिन्न संघसंस्थालाई तिर्न बाँकी रहेको गुनासो समेत सदस्य सचिवलाई गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…