
पोखरा-चितवनको विजयी शुरुवातसँगै पोखरामा सोमबारदेखि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । स्याङजामाथि ६६ रनले पराजित गर्दै चितवनले सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० मा जित निकाल्दै ३ अंक जोड्यो ।
के एन स्पोर्टस प्रालिको आयोजनामा सञ्चालित प्रतियोगिताको टस हारेर व्याटिङ गरेको चितवनले २० ओभर पुरै खेल्दै १५४ रनको योगफल तयार पार्यो । पहिलो विकेट ५६ रनमा गुमाएको चितवनले दोस्रो विकेट ८८ रन बनाउँदा खस्यो । केवल ८ ओभरमा ८८ रन बनाएर अगाडि बढेको चितवन बाँकी १२ ओभर खेल्दा स्याङजाका बलरले रनरेट रोक्न सफल भएका थिए । राजेश ढकालले ३३ बल खेल्दै ४४ रन जोड्दा ८ चौका उनको व्याटबाट निस्किएको थियो । रविन शर्माले २३ बल खेल्दै दुई छक्कासहित ३१ रन जोड्दै महत्वपूर्ण साझेदारी निभाए । शंकर ढकालले पनि २१ बल खेल्दै १८ रन जोड्द ा तीन चौका हिर्काए । स्याङजाका बलरहरु विष्णु पाण्डेले ४–१३–४ को प्रदर्शन गरे ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको स्याँग्जा १५.२ ओभरमा ८८ रनमै समेटियो । स्याङजाको तर्फबाट विक्रम थापा र सौजन्य रेग्मी दुवैजनाले २४÷२४ रनको योगफल तयार पारको थिए । थापाले १९ बल खेल्दै २ चौका र २ छक्का हिर्काए । रेग्मीले ३१ बल खेल्ने क्रममा ४ चौका हिर्काएका थिए । चितवनको बलिङ्गतर्फ दिपेश श्रेष्ठ र कृतन गुरुङ्गले ३÷३ विकेट लिए भने संघर्ष पौडेल र अनुज चन्द्रले पनि २÷२ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा चितवनका राजेश ढकाल विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल भए ।
यसअघि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमले बलिङ तथा प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यस्तै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयान्त सिग्देलले अफिसियल दिलिप अग्रहरीलाई म्याच बल प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…