
स्याङजा विरुद्ध व्याटिङ गर्दै पोखरा ।
पोखरा-स्याङजा क्रिकेट संघलाई २३ रनले पराजित गर्दै सुपर जनरल पोखरा ११ ले घरेलु मैदानमा जित निकाल्दै सखुद शुरुवात गरेको छ । मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको सुपर जनरल अन्तरक्लबस्तरीय टी(२० क्रिकेट लिगमा स्याङजामाथि जित निकाल्दै ३ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा छ ।
के. एन स्पोर्टस प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको पोखराले मध्यक्रममा व्याट्सम्यान दिपेश खत्रीको सर्वाधिक १९ रनको योगदानमा ११४ रनको योगफल तयार पार्यो । ओपनर अनिल गुरुङ र गोविन्द प्रधानको जोडी भने लामो समय साझेदारी हुनै सकेन् । केवल २० रन बनाउने क्रममा प्रधान पभेलियनको बाटो समाएपछि पोखराको विकेट पतन शुरु भएको थियो । स्याङजाका कप्तान अशोक श्रेष्ठको बलमा विकेट किपरको हातबाट क्याच भएपछि पहिलो विकेटको रुपमा गोविन्द प्रधान पभेलियन फर्किए ।
थप ११ रन जोडिएपछि अर्का ओपनर अनिल गुरुङलाई पोखराले गुमायो । अनिलले केवल १२ रन जोडन १६ बल खर्चिए । व्याटबाट २ चौका निकाले । सातौ नम्बरमा आएका दिपेश खत्रीले १२ बल खेल्दै १९ रन जोडेर सर्वाधिक रनको स्कोर आफनो नाममा लेखाए । उनले दुई चौका हिर्काए । १९.३ ओभर खेलेको पोखराले ९ विकेटको क्षतिमा ११४ रन बनाउँदै इनिङ टुग्याएको थियो । स्याङजाका बलर दिपेश क्षत्रीले २ र विष्णु पाण्डेले २ विकेट लिए ।
११५ रनको लक्ष्य पछ्याएको स्याङजा केवल १६.३ ओभर खेल्दै ८५ रनमा समेटियो । पोखराका कप्तान दिपेश खत्री र लालबहादुर अधिकारीले समान दुई दुई विकेट लिएपछि स्याङजा धरासायी बन्यो । स्याङजाका लागि पाँचौ नम्बरमा आएका मिलन क्षत्रीले सर्वाधिक १४ रन बनाए । सुरज गुरुङले नटआउट १० रन बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउनै सकेनन् ।
४ रन जोड्दा पहिलो विकेट गुमाएको स्याङजाले ११ रनको स्कोर बनाउँदा दोस्रो विकेट गुमाईसकेको थियो । १७ रन बनाउने क्रममा तेस्रो विकेट झरेको स्याङजाले थप ६ रन जोड्दा दुई विकेट गुमाएपछि कमजोर बन्न पुग्यो । विकेट टिक्नै नसक्ने अवस्था भएपछि धरासायी बनेको स्याङजा सस्तैमा समेटियो । गोविन्द प्रधानले ३ ओभरमा १ मेडन राख्दै १० रन दिएर १ विकेट आफनो नाममा लेखाएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…