पोखरा–११ पराजित,चितवन सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०७७ मा प्रकाशित


चितवन क्रिकेट टिम ।

पोखरा-टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ ।

१५० रनको लक्ष्य पछ्याएको सुपर जनरल पोखरा–११ ले अन्तिम ओभरसम्म खेल्दै १३१ रनमा समेटिएपछि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेटको सेमिफाईनल प्रवेश गर्न अब बालुवाटारलाई जित्नै पर्ने दबावमा परेको छ । ६ ओभरमा केवल २३ रन जोडेर कमजोर शुरुवात गरेको पोखरा–११ ले पहिलो ओभर नै मेडन खेल्यो । गौतम केसीको बललाई ओपनर गोविन्द प्रधानले पुरै डट खेले मेडन हुन पुग्यो ।

१०÷१ को स्थितिबाट अघि बढेको पोखरा–११ ले दोस्रो विकेट भने ३४ रनमा गुमाएको थियो । पहिलो विकेटको रुपमा रिजन प्रजुलाई केवल २ रनमै गुमाएको पोखरा–११ ले दोस्रो विकेट भने सुवास भण्डारीलाई गमुायो । भण्डारी केवल १० रन मात्रै जोडे । चौथो विकेटको लागि मुस्कान थापा र गोविन्द प्रधानको जोडीले ३२ रनको साझेदारी निभाएपछि रन केही उकासिएको थियो ।
ओपरन प्रधानले २८ बलमा २४ रन हिर्काउने क्रममा ४ चौका प्रहार गरे । मुस्कान थापाले पनि इनिङ उकास्ने क्रममा ३० बल खेल्दै ३६ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । विधान श्रेष्ठले पनि १२ बलमा २२ रन बनाउँदै योगफल उकासेका थिए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

चितवनका गौतम केसीले ओपनिङ बलिङ गर्दै मेडन ओभर लिदैं शुरु गरे । केसीले ४ ओभरमा एक मेडन राख्दै १२ रन खर्चिएर ३ विकेट लिए । उनीसँगै क्रिजन गुरुङले २२ रन दिएर ३ विकेट लिएपछि पोखरा–११ धरासायी बन्न पुगेको थियो ।

के.ए स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सञ्चालि टी–२० क्रिकेट अन्तर्गत बुधबार टस जितेर व्याटिङ गरेको चितवनले २० ओभर पुरै खेल्दै १४९ रन बनाएको थियो । प्रविन ढकालको बलमा राजेश ढकाल रन आउट हुदैं पभेलियन फर्किदा चितवनको स्कोर बोर्डमा रन चढ्नै पाएको थियो । तर अर्का ओपनर समीर ढकालले ३१ ब्लमा ३२ रन बनाउँदै गतिलो शुरुवात गरे ।

दोस्रो विकेटको लागि समीर ढकाल र राम कार्कीको जोडीले ५४ रनको साझेदारी निभाए । कार्कीले पनि २२ बलमा २० रन जोड्दै ३ चौका हिर्काए । पाँचौ विकेटको लागि चितवनका रोविन शर्मा र दिपेश श्रेष्ठको जोडीले ६० रनको साझेदारी निभाउँदै इनिङलाई उकासेका थिए । रोविनले २२ बलमा २५ र दिपेशले २६ बलमा ३२ रन हिर्काएका थिए । विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याच गौतम केसीले भने १३ रनमा नटआउट रहे । पोखराका लागि दिपेश खत्री, कृष्ण पौडेल, विधान श्रेष्ठ, किरण पौडेलले समान १/१ विकेट लिएका थिए ।