
म्यान अफ दि म्याच विपिन खत्रीलाई पुरस्कार प्रदान गर्दै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल ।
पोखरा-बालुवाटारले स्याङजा क्रिकेट संघलाई २७ रनले पराजित गरेपछि सेमिफाईनल प्रवेशको सम्भावना जिवितै राखेको छ । अब लिगको अन्तिम खेल पोखरा ११ सगँ खेल्ने छ । विजेताले सेमिफाईनल प्रवेश गर्दा पराजित हुने टोलीले प्रतियोगिताबाट विदाई लिने छ ।
के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजन रहेको सुपर जनरल अन्तरक्लबस्तरीय टी-२० क्रिकेटको बुधबार भएको दोस्रो खेलमा बालुवाटारले स्याङजामाथि महत्वपूर्ण जित निकाल्दै अन्तिम चारको लागि आफनो सम्भावना जिवितै राख्यो । यो समुहमा पोखराले पनि २ अंकनै जोडेको छ । समुहबाट सेमिफाइनल पुग्न बिहीबार पोखरा र बालुवाटारको खेल दुवैका लागि ‘गर या मर’ को स्थितिमा छन् ।
टस जितेर ब्याटिङ्ग गरेको बालुवाटारले १९ ओभरमा मात्रै १ सय ५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । सामान्य लक्ष्य दिने क्रममा बालुवाटारको तर्फबाट सैसबध्वज केसीले २ चौका र १ छक्काको योगदानमा अभिजित ४२ रन बनाए । त्यस्तै विपिन खत्रीले १३ बलको सामना गर्दै २ चौका र १ छक्का हान्दै १९ रनको पारी खेले । बलिङतर्फ सुरज गुरुङ्गले ४ ओभरमा १ मेडन सहित २० रन खर्चिएर ३ विकेट लिए । अनुज गैह्रे, विष्णु पाण्डे र ठगेन्द्र थापाले समान २÷२ विकेट प्राप्त गरे ।
जितका लागि १ सय ६ को सामान्य लक्ष्य पछ्याएको स्याङजा ७८ रनमै समेटियो । १७.२ ओभर खेलेका स्याङजाको तर्फबाट सुरज गुरुङ्गले १८, विष्णु पाण्डेले १६ तथा विक्रम थापाले १२ रन जोडे । स्याङजालाई सस्तैमा समेटने क्रममा विन्ध्यश्वरी भाडा उद्योग म्यान अफ द म्याच विपिन खत्रीले महत्वपूर्ण ४ विकेट लिए । उनले ४ ओभर बलिङ्ग गर्दै ३ रन खर्चिएर २ मेडन राखे । अन्य बलरहरु आयुष सर्मा र नितेष गिरीले पनि २÷२ विकेट लिन सफल भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…