
जनकपुरका शोभाकान्त पाण्डेयलाई म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्दै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल ।
पोखरा-बाग्लुङ क्रिकेट संघलाई १९ रनले पराजित गर्दै जनकपुर क्रिकेटले पोखरा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगमा समूह बीमा पहिलो जित दर्ता गरेको छ । बाग्लुङको दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम खेल बाग्लुङले मिक्समाण्डुसँग खेल्ने छ ।
के.एन स्पोर्टसको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनामा पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा जनकपुर क्रिकेट क्लबले टस जितेर इनिङ शुरु गर्दै ११७ रनको योगफल तयार पार्यो । सुध्रिन चौधरीले २५ बलमा २० रन बनाउँदै गतिलो शुरुवाती दिए । ओपनरको रुपमा रहेका चौधरीले ३ चौका र १ छक्का हिर्काए । अर्का ओपनर अन्सारुल रैन भने ६ रनमै एलबी डब्लुको धरापमा पर्दै पभेलियनको बाटो समाए । दिपेन्द्र ऐरीकोबलमा एलबीडब्लुको धरापमा परेपछि जनकपुरले पहिलो विकेट गुमाउन पुग्यो ।
तेस्रो नम्बरमा आउका हिमांशु दत्तले पनि ११ बलमा १० रनमै आउट हुदाँ जनकपुर ३७ रनमै दुई विकेट गुमायो । जनकपुरको इनिङलाई विशाल सुस्लिङले सम्हाले । उनले ३२ बलमा ३८ रन बनाउँदै इनिङ उकासे । ३ चौका र २ छक्का प्रहार गरे । त्यसपछिका व्याट्सम्यान भने सस्तैमा आउट भए । अभिषेक थापको बलमा दिपेन्द्र ऐरीको हातबाट क्याच भएपछि जनकपुर धरासायी बन्न पुग्यो । दत्तको विकेट पतनसँगै जनकपुरले थप २२ रन बनायो । २२ रन बनाउन बाँकी चार विकेट गुमाउन पुग्यो । जनकपुरले ८ विकेटको क्षतिमा ११७ रन बनायो । अभिषेक थापा, सन्दीप पन्त र कुशल खड्काले समान २ २ विकेट लिए ।
११८ रनको लक्ष्य पछ्याएको बाग्लुङ भने ९८ रनमै समेटियो । ओपनर रमेश बस्नेत र तेस्रो नम्बरमा आएका अभिषेक थापाको जोडीले ४७ रनको साझेदारी गर्दै जितको सम्भावना देखाए । दोस्रो विकेटको लागि उनीहरुको जोडीको साझेदारी निकै महत्वपूर्ण रह्यो । तर रमेश बस्नेतको विकेट पतनसँग बाग्लुङ धरासायी बन्न पुग्यो । बस्नेतले २१ बल खेल्दै १४ रन जोडे । अभिषेक थापाले ३३ बलमै ३३ रन जोडेपछि जितको सम्भावना देखाए । तर दुर्भाग्य बाग्लुङले ३२ रन जोड्ने क्रममा ७ विकेट गुमाउँदै हार व्यहोर्यो ।
लक्की सापकोटाले १४ रन बनाए । बाँकी व्याट्सम्यान भने दोहोरो अंकको रन बनाउनबाट चुके । जनकपुरका शोभाकान्त पाण्डेलेले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिदैं विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याचको हकदार बने । उनीसँगै राहुलप्रताप सिंहले २ विकेट लिए । प्रदीप राउतले १ विकेट लिन सफल रहे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…