
पीएमकप भलिबल
नेपालगन्ज- साबिकको विजेता नेपाल पुलिस क्लबले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा शनिबार पनि जित लयलाई निरन्तरता दिएको छ ।
दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिससामु निरीह देखिएको लुम्बिनी २५–८, २५–१२ ,२५–१४ ले पराजित भएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा लुम्बिनी त्रिभुवन आर्मी क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
यता पुलिसले भने शुक्रबार नै उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो ।
शनिबारै भएको पहिलो खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २६–२४,२५–२३,२५–१६,२५–२३ को सेटमा निराश बनाएको हो ।
प्रतियोगितामा साबिक विजेता पुलिससहित एपिएफ, आर्मी, लुम्बिनी युनाइटेड र न्यु डायमन्ड गरी कुल ५ टोलीको सहभागिता छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा बस्ने टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद २ लाख, तेस्रो स्थानको टोलीले नगद १ लाख र चौथो स्थानको टोलीले नगद ५० हजार हात पार्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…