
महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह९प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको छ ।
काठमाडौं- भारतीय स्पोर्ट्स वेयर कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटलाई प्रायोजन गर्ने भएको छ ।
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह९प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको हो । ईपीएलले सोमबार सेभेनसँग सम्झौता गरेको छ । ईपीएलका एमडी आमिर अख्तर र रिती ग्रुपका एमडी अरुण पाण्डेले सम्झौता पत्र आदान प्रदान गरे । ।
सम्झौतासँगै सेभेन ईपीएलमा फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ । यस्तै सेभेनले आयोजकलाई ८० लाख भारु बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।
चौंथो संस्करणको ईपीएल आगामी असोजमा आयोजना हुँदै छ । प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…