
महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह९प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको छ ।
काठमाडौं- भारतीय स्पोर्ट्स वेयर कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटलाई प्रायोजन गर्ने भएको छ ।
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह९प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको हो । ईपीएलले सोमबार सेभेनसँग सम्झौता गरेको छ । ईपीएलका एमडी आमिर अख्तर र रिती ग्रुपका एमडी अरुण पाण्डेले सम्झौता पत्र आदान प्रदान गरे । ।
सम्झौतासँगै सेभेन ईपीएलमा फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ । यस्तै सेभेनले आयोजकलाई ८० लाख भारु बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।
चौंथो संस्करणको ईपीएल आगामी असोजमा आयोजना हुँदै छ । प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…