डर्बी प्रतिस्पर्धामा शसस्त्र प्रहरीलाई उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २५ गते २०७७ मा प्रकाशित


उपाधिसहित विजेता शसस्त्र प्रहरी बल ।

नेपालगन्ज-पोखरामा आयोजित टाईगर कपमा हारको बदला लिदैं शसस्त्र प्रहरी बलले नेपालगन्जमा आयोजित सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि उचालेको छ । पोखरामा एक महिना अघि आयोजित टाईगर कपमा नेपाल पुलिस क्लबसँग हारसँगै उपाधिविहीन भएको शसस्त्र प्रहरीले भने नेपालगन्जमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि चुम्यो । शसस्त्रले उपाधि चुम्न नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।

पोखरामा घाईते भएकी शसस्त्र प्रहरी बलकी स्पाईकर सरस्वती चौधरीको प्रेरणादायी खेलमा पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले पराजित गर्दै उपाधि आफनो पोल्टामा पार्यो । एपिएफले ५ लाख नगद पुरस्कार पाउँदा उपविजेता बनेको नेपाल पुलिस क्लबले भने दुई लाख रुपैयाँमा चित्त बुझायो ।

शसस्त्र प्रहरी बलकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित

प्रतियोगितामा शसस्त्र प्रहरी बलकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुदैं नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् । सरस्वतीले ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् । मंगलबार नेपालगन्जस्थित रंगशालास्थित कभर्ड हलमा आयोजित न्यु डायमन्ड तेस्रो, आर्मी चौथो र लुम्बिनी पुछारमा रहँदै सातौं प्रधानमन्त्री कपलाई विधिवत टुग्याए । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गरे ।

विधागततर्फ नेपाल पुलिसकी युवा खेलाडी उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकरको पुरस्कार थापिन् । नेपाल पुलिस अन्तिम खेलमा पराजित भएपनि उनको प्रर्दशन भने निकै उत्कृष्ठ रह्यो । एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकरबाट सम्मानित भईन् । पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित हुदाँ न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित हुदैं पुरस्कार प्राप्त गरिन् ।

एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरेका थिए । बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि सुरु भएको प्रतियोगितामा तीन विभागिय टोलीसहित होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानीटोलीको रुपमा लुम्बिनी युनाइटेडले सहभागिता जनाएका थिए ।