
उपाधीसहित जनकपुरको टोलीसहित अथिति एवं संघ तथा आयोजक पदाधिकारीहरु ।
पोखरा-के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लव टी–२० क्रिकेट लिगको उपाधीका जनकपुर क्रिकेट क्लवले जितेको छ । बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लवमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधीमा आफ्नों नाम लेखाएको हो ।
टस जितेर व्याटिङ्ग गरेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन । उसले मात्रै ७२ रनको योगफल तयार पार्ने क्रममा रोविन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेले । अन्य व्याट्सम्यानको प्रदर्शन भने उल्लेख्य रहेन । जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २/२ विकेट बाँडे ।
जितका लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको नोक्सानीमा विजयी लक्ष्य प्राप्त ग¥यो । जनकपुरका अक्वर अलिले अभिजित ३२ तथा शोभाकान्त पाण्डेले १५ रन बनाए । चितवनको बलिङ्गमा संघर्ष पौडेलले ३ विकेट लिए ।
प्रतियोगितामा जनकपुरका राहुलप्रताप सिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट व्याट्सम्यान भए । जितसंगै जनकपुरले नगद ५० हजार सहित ट्रफि प्राप्त ग¥यो भने चितवनले ट्रफीमा सीमित रह्यो ।
प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सचिव दिपेन्द्र चन्द लगायतले पुरस्कार वितरण गरे ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…