
‘इण्डो–नेपाल टी–२० कन्चन क्यापिटल कप’
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आईतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
कन्चन आभुषणको मुख्य प्रायोजनमा आयोजित कन्चन क्यापिटल कपको आईतबार पहिलो खेलमा पोखरा क्रिकेट एकेडेमीले भारतको अम्बिका क्रिकेट एकेडेमीलाई ७७ रनले पराजित गरेको छ ।
टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट एकेडेमीले विपिन खत्रीको शतकीय पारीमा २०० रनको विशाल योगफल तयार पार्यो । खत्रीले ४२ बल खेल्दै १०२ रनको पारी खेले । सोहेल कुँवरले२४ बलमा ३० रन र मुस्कान थापाले १२ बलमा २३ रनको योगदान दिएका थिए । विधायक सुनीले ३ विकेट लिएका थिए ।
२०१ रनको लक्ष्य पछ्याएको अम्बिका क्रिकेट एकेडेमी(भारत) १२३ रनमा समेटिएको थियो । विधायक सुनीले ४१ ब्लमा ४१ रनकै योगदान दिदाँ अश्विन कुुमारले २२ बलमा ३६ रन बनाए । पोखरा क्रिकेट एकेडेमीका सुवास भण्डारीले ४ विकेट लिदाँ विपिन खत्रीले ३ विकेट लिएका थिए ।
यसैगरी दोस्रो खेलमा एकलव्य क्रिकेट एकेडेमी(भारत)ले भारतकै चन्द्र क्रिकेट एकेडेमीलाई ७९ रनले पराजित गरेको छ ।
स जितेर व्याटिङ रोजेको एकलव्य क्रिकेट एकेडेमीले १९६ रनको बनायो । जितेन्द्र चौधरीको ५५ रनको योगदानमा फराकिलो लक्ष्य दिने क्रममा विकास ले ३१ रन र पुकार ले १८ रनको मद्धत गरेका थिए । अमेन्त कल्का र शिव नन्दनले २÷२ विकेट लिएका थिए ।
१९८ रनको लक्ष्य पछ्याएको चन्द्र क्रिकेट एकेडेमी भने ११७ रनमै समेटिन पुग्यो । अदित्य कुवासले २४ रन बनाई खेले । शिव नन्दनले ३३ रनको योगदान गरे । सौरभ पाचाडले २० रन बनाए । बलिङ तर्फ जितेन्द्र चौधरीले ३ विकेट लिदाँ शुभम सिंहले २ विकेट लिएका थिए । प्रतियोगिता तीनदिनसम्म चल्ने छ । विजेताले ट्रफी प्राप्त गर्ने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…