
पोखरा-भारतको सरगुजा क्रिकेट एकेडेमीलाई २० रनले पराजित गर्दै पोखरा क्रिकेट एकेडेमीले इण्डो नेपाल कन्चन क्यापिटल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
चार टोली सम्मिलित कन्चन क्यापिटल कपमा पोखरा क्रिकेट एकेडेमीले जितको भारतको सरगुजा क्रिकेट एकेडेमीलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १४७ रनको लक्ष्य पछ्याएको सरगुजा १२६ रनमा सेमिटएपछि पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट एकेडेमी भारतलाई २० रनले पराजित गर्दै उपाधि आफनो नाममा लेखाउन सफल रह्यो ।
टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट एकेडेमीले विकास अधिकारीको ३४ रनको महत्वपूर्ण योगदानमा १४६ रनको लक्ष्य तयार गर्यो । सोहेल कुँवरले २५ बल खेल्दै २२ रनको इनिङ खेले । कृष्ण पौडेलले पनि ३३ रनको पारी खेल्दै प्रतिस्पर्धात्मक लक्ष्य तर्फ उन्मुख बनाएका थिए ।
सरगुजा क्रिकेट एकेडेमीका बलर अन्सुमन कुवरले ४ ओभरमा ३ विकेट लिए । शुभम सिंहले २ विकेट लिदाँ जितेन्द्र चौधरीले पनि समान २ विकेट नै आफनो नाममा लेखाएका थिए ।
१४७ रनको जितको लक्ष्य पछ्याएको सरगुजा भने १२० रनमै समेटियो । विकास विश्वकर्माले ६६ रनको पारी खेलेपनि जितसम्म डोहोर्याउने भने सकेनन् । उनले ६३ बल खेल्दै उत्कृष्ट पारी खेल्दै गतिलो शुरुवाती दिलाएका थिए । अन्सुमन सिंहले पनि १५ बलमा २६ रनको योगदान दिए । जितेन्द्र चौधरीले २२ बलमा २९ रनको योगदान दिएका थिए । यद्यपी जितको हकदार बन्नबाट भने चुके । पोखरा क्रिकेट एकेडेमीका बलर विपिन खत्रीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।
भारतका तीन र पोखराको १ गरी चारवटा एकेडेमीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको कन्चन क्यापिटलका प्रबन्ध निर्देशक विमलमान गुभाजूले ट्रफी प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…