
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेलमैदान । तस्बिर फाईल
पोखरा-नयाँ वर्षमा शुभकामना कप हुदैं आएको थियो । दुई वर्ष फुटबल रोकियो । पहिलो वर्ष फुटबल मैदान मर्मत सम्भारले रोकियो । दोस्रो वर्ष कोभिड–१९ ले रोकियो । तेस्रो वर्षमा आईपुग्दा हेमजा युनाईटेडले ‘शुभकामना कप’ को तयारीमा छ । तर यो वर्ष शुभकामना कपको आकार ठूलो बनेको छ । शुभकामना कपबाट ‘शुभकामना गोल्डकपको नामबाट शुरुवात हुदैं छ । नाम मात्रै परिवर्तन होईन पुरस्कार राशीको आकार पनि बढाइएको छ । नेपाली फुटबलको क्यालेण्डरमा समेटिएपछि फुटबलमा हेमजा युनाईटेडले नयाँ आयाम थप्ने विश्वास फुटबलप्रेमीले गरेका छन् ।
स्थानीयस्तरकै क्लबबाट पाँच वर्ष हेमजा युनाईटेड क्लबले शुभकामना कप टुंग्यायो । अब ए डिभिजन क्लब भित्र्याउँदै फुटबललाई अझ प्रभावकारी बनाउने ध्येयमा क्लब जुटेको छ । पुरस्कार राशी बृद्धि गरिएको छ । २०७१ सालबाट शुभकामना कप शुरु गरेको हेमजाले २०७८ साल जेठ १ गेदेखि ८ गतेसम्म शुभकामना गोल्डकप गर्दै ए डिभिजनका क्लबलाई गौरी शंकर खेल मैदानमा उतार्ने लक्ष्य लिएको छ ।
‘पाँचौ संस्करणसम्म शुभकामना कप खेलायौं । अब गोल्डकपको रुपमा अघि बढ्यौं ।’ हेमजा युनाईटेड क्लबका अध्यक्ष ईन्द्र कुँवरले भने–‘ए डिभिजनका क्लबलाई उतार्ने योजनासहित गोल्डकपको तयारीमा जुटिसक्यौं ।’ शुभकामना गोल्डकपमा मनाङ मस्र्याङ्दी र संकटा क्लब आउने पक्कापक्की भईसकेको समेत उनको भनाई थियो । हेमजा युनाईटेडले नयाँ वर्षकै अवसरमा वर्षेनी बैशाख १गतेदेखि शुभकामना कप आयोजना गर्दै आएको थियो । तर यो वर्ष नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघले नै गोल्डकपमा स्तरोन्नति भएको शुभकामना कपलाई आगामी जेठ १ गतेदेखि ८ गतेसम्म आयोजनाको मिति दिएको छ ।
शुभकामना गोल्डकप नेपाल पहिलो पटक आयोजित फ्रेन्चाईज नेपाल सुपर लिग सकिएपछि आयोजना हुने छ । सुपर लिगपछि ए डिभिजनका क्लबहरु पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आउने छन् । ‘गोल्डकपको नामबाट क्लबको पहिलो प्रतिस्पर्धा हो’ अध्यक्ष कुँवरले भने–‘पुरस्कार राशी पनि त्यही अनुसार व्यवस्था गरेका छौं ।’ उनका अनुसार गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । अन्य विधागत पुरस्कारको बारेमा भने क्लबले निर्णय गरिसकेको छैन् ।
मैदान पुर्ननिर्माण गरिएको छ । २०७५ माघ ३ गते फुटबल मैदान मर्मत सम्भारको काम शुभारम्भ गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी १ करोड ६२ लाखको लागतमा मैदान मर्मत सम्भार तथा अन्य पूर्वाधार निर्माण गरिएको छ । २ हजार ५ सय क्षमताको दर्शक प्याारपिट बनाईएको छ । प्यारापिटसँगै दुईवटा चेन्जिङ, शौचालय, मैदान वरिपरी नाली निर्माण र मैदान संरक्षण गर्न तारजाली समेत लगाइएको छ । मैदान निर्माण गर्न बनेको समितिले फुटबल मैदानसहितको पूर्वाधारको जिम्मा लगाईसकेको छ । पोखरा–२५ हेमजा वडा कार्यालयबाट मैदानको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी हेमजा युनाईटेड क्लबले लिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…