
शुक्लागण्डकी मेयर कप
तनहुँ-शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो ।
गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।
पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै दोस्रो चरणको यात्रा तय गरेको हो । मादीले पहिलो सेटमा २५–१७ मा हराउदा दोस्रो सेटमा पनि २५–१७ मै हरायो ।
दोस्रो खेलमा शुक्लगण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको छ । निकै कमजोर प्रर्दशन गरेको देवघाटले पहिलो सेटमा २५–११ र दोस्रो सेटमा २५–२७ को स्कोरमा पराजय भोग्यो । तेस्रो खेलामा स्याङजाको हरिनास गाउँपालिकाले निकै कमजोर सावित भएको व्यास नगरपालिकालाई २५–११, २५–१४ को सोझो सेटमा पाखा लगायो ।
शुक्रबारको अन्तिम खेलमा नवलपुरको बौदीकाली गाउँपालिका विजयी भएको छ । म्याग्दे गाउँपालिकालाई बौदीकालीले २५–१३, २५–२३ को नतिजा आत्मासाथ गदै अघिल्लो चरणको यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने मेयर । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् । शनिबार पहिलो चरणको खेलमा बाग्लुङको गल्कोट नगरपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिका, तनहुँको ऋषिङ गाउँपालिका र भिमाद नगरपालिका, कास्कीको पोखरा महानगरपालिका र तनहुँको घिरिङ गाउँपालिकाबिच खेल हुनेछन् ।
स्याङजाको पुतलीबजार नगरपालिका भने बाई पाएर दोस्रो चरण प्रवेश गरेको छ । आईतबारसम्म चल्ने प्रतियोगितामा १५ समुहको सहभागिता रहेको छ । शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले प्रतियोगिताको उद्घाटन गरे । उनले भलिबल महिला पुरुष समावेशी तरिकाले खेलाउनुपर्ने बताए । उनले खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औल्याए । अगाडी थपे, ‘ समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको भुमिका रहन्छ ।’


पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…