
मौजामा फटुबल मैदानको शिलान्यास
पोखरा-पोखरा महानगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको मौजा फुटबल मैदान निर्माणको प्रक्रिया अघि बढाउन शनिबार शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माणको शुभारम्भ गरेका हुन् । शिलान्यास मेयर मानबहादुर जिसीसँगै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा मैदानको शिलान्यास गरे ।
खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए । मैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रतिबद्धता जनाए । शहरी योजना आयोगका उपाध्यक्ष डा.आरसी लामिछानेले मैदानको निर्माणसंगै खेल गतिविधि बढ्न सकेमा ग्रामीण क्षेत्रको आर्थिक विकास तिव्र हुने बताए ।
मैदान निर्माणका लागि प्राविधिक तयारी पनि पूरा गरिएको छ । करिब १६ करोड लागत लाग्ने यो मैदान सम्म्याउनका लागि महानगरले यस वर्ष रु ४० लाख विनियोजन गरिसकेको छ । वर्षेनी आवश्यक बजेट विनियोजजन गरिने महानगरपालिका योजना महाशाखा प्रमुख ईन्जिनियर शारदामोहन काफ्लेले बताए ।
क्षमताको प्राकृतिक प्यारापिट समेत निर्माण गरिने वड नं २० का अध्यक्ष सीम गुरुङले बताए । खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ । मैदानको दक्षिणी भागमा बास्केटबल र भलिवल कोर्टसमेत बनाईने गरी डिपीआर तयार गरिएको छ ।
खेल मैदान बनाईसकेपछि नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण बन्द प्रशिक्षण गराउन सकिने वडाध्यक्ष गुरुङले बताए । खेल मैदान नजिकै नेपालकै चर्चित आँटी घर मौजा होम–स्टे समेत भएकाले त्यहिं राखेर फुटबलको क्लोज क्याम्प चलाउन सकिने उनको भनाई छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…