
शुक्लाण्डकी ‘ए’ फाइनल प्रवेश
तनहुँ– शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिका स्तरिय मेयर कप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा तय गरेको हो ।
गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा घरेलु दर्शकको भरपुर साथ पाएको शुक्लागण्डकी ‘ए’ पाहिलो र दोस्रो सेट आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो सेटमा शुक्लागण्डकीले २५–१४ को फराकिलो अन्तरमा जित निकाल्यो । दोस्रो सेटमा घिरिङका खेलाडीले खेलमा केही सुधार गरेपनि २५–२३ को पराजय व्यहोर्नुप¥यो ।
तेस्रो र चौथो सेटमा घिरिङले आफनो पक्षमा पार्दै निर्णायक सेटसम्म खेल धकेलियो । घिरिङले २५–२२, २५–१६ को जित हासिल ग¥यो । घरेलु मैदानमा तेस्रो र चौथो सेटमा निकै कमजोर प्रदर्शन गर्दै फराकिले अन्तरले घिरिङ विजयी भएपछि दर्शकदिर्घामा निराशा छाएको थियो । जित्नै पर्ने दबाबमा रहेका शुक्लागण्डकीका खेलाडीले पाँचौ सेटमा भने अग्रता कायम गर्दै दर्शकलाई उत्साहित बनाए । र अन्त्यमा १५–९ को नतिजा निकाल्दै फाईनल यात्रा सुरक्षित गरेका हुन् ।
फाइनलमा शुक्लागण्डकी ‘ए’ बाग्लुङको गल्कोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबिच हुने भिडन्तको विजेतासंग आमनेसामने हुनेछ । आईतबार विहान दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…