
स्टार सिटी च्याम्पियन
नेपालगन्ज-सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दैे एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बन्दा गण्डकी प्रदेशको त्रिवेणी क्लबले राष्ट्रिय लिग खेल्ने निश्चित गरेको छ ।
आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।। अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ । आइतबारको नतिजासँगै स्टार सिटी १६ अंक सहित शीर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंक सहित दोस्रो, मनकामना युवा क्लब रौतहट तेस्रो बन्यो।
च्याम्पियन बनेको स्टारसिटीले १० लाख, दोस्रो धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त ग¥यो । यसैगरी प्रतियोगितामा उत्कृष्ट रक्षक स्टारका धन राज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए । उनीहरुले समान रुपमा जनही २५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर विष्ट घोषित भए । उनले नगद रु ५० हजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घ बहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा, उपाध्यक्ष अजित राज भण्डारी, सुर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कृत गरे ।
चैतको २ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शीर्ष चार टिम र सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…