
शतक हिर्काएपछि गोविन्द विक ।
पोखरा-पोखरामा आयोजित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजमा कास्की रातो र निलोले बराबरीमा टुंगिएको छ । कास्की रातोले दोस्रो दिन दोस्रो इनिङ शुरु गर्दै २५ ओभरमा ४ विकेटको क्षतिमा १३८ रन बनाएपछि सिरिज बराबरीमै टुंगिएको थियो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमा कास्की निलोले पहिलो दिनको इनिङमा १७२ रन बनाउने क्रममा सबै विकेट गुमाएपछि कास्की रातोले आफनो व्याटिङ शुरु गरेको थियो । १०३ रनबाट खेल्न थालेको रातोले दोस्रो दिन १७७ रनमा सबै विकेट गुमाएको थियो । पहिलो इनिङमा निलो ५ रनले पछि परेको अवस्थाबाट आफनो दोस्रो इनिङ शुरु गरेको थियो ।
बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दोस्रो इनिङमा कास्की निलोले ७ विकेटको क्षतिमा १७६ रन बनाउँदै आफनो इनिङको समाप्तीको घोषणा गरेको थियो ।
कास्की निलोका लागि सोहेल कुँवरले ४४ रनको योगदान दिएका थिए । निरन्जन यादवले ३५ र किरण पौडेलले ३० रन बनाए । १७२ रनको लक्ष्य पछ्याएको कास्की रातोले ४ विकेटको क्षतिमा २५ ओभरमा १३८ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । कास्की रातोको लागि गोविन्द विकले पहिलो इनिङमा नटआउट शतकीय पारी खेलेका थिए । उनले दोस्रो इनिङमा समेत ६३ रनको महत्वपूर्ण नटआउट इनिङ खेले । उनको उत्कृष्ट व्याटिङमा दुईदिवसीय टेष्ट सिरिज बराबरीमा टुंगिएको हो ।
पोखरा क्रिकेट क्लबको प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा तीन टोली टेष्ट सिरिजमा प्रतिस्पर्धा गर्ने छन् । टेष्ट सिरिजमा कास्कीसहित नवलपुर, बाग्लुङ, तनहुँ र स्याङजाबाट खेलाडी छनोट गरी टोलीमा समावेश गरिएको छ । प्रशिक्षक रिजन प्रजुका अनुसार टेष्ट सिरिजले क्रिकेट विकासमा नयाँ टेवा पुग्ने छ । शुक्रबार कास्की हरियो र रातो बीच पहिलो दिनको खेल शुरु हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…