
नेपाल क्रिकेट संघ
काठमाडौं –नेपाली यू-१९ क्रिकेट टिमलाई चौधरी ग्रुपको वाईवाई चाउचाउले ५ वर्षको लागि प्रायोजन गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार चौधरी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै वाईवाईले क्यानलाई हरेक वर्ष ७० लाख उपलब्ध गराउने छ । उक्त रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुनेछ ।
अब नेपाली टिमको नाम वाईवाई यू-१९ क्रिकेट टिम हुनेछ । यस्तै यू-१९ को घरेलु अन्तराष्ट्रिय प्रतियोगितामा वाईवाईको सहभागिता रहनेछ ।
कार्यक्रममा बोल्दै निर्वाण चौधरीले क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुसी भएको बताए । क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेटले नयाँ उचाई लिनेमा विश्वस्त रहेको बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…