
नेपाल क्रिकेट संघ
काठमाडौं –नेपाली यू-१९ क्रिकेट टिमलाई चौधरी ग्रुपको वाईवाई चाउचाउले ५ वर्षको लागि प्रायोजन गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार चौधरी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै वाईवाईले क्यानलाई हरेक वर्ष ७० लाख उपलब्ध गराउने छ । उक्त रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुनेछ ।
अब नेपाली टिमको नाम वाईवाई यू-१९ क्रिकेट टिम हुनेछ । यस्तै यू-१९ को घरेलु अन्तराष्ट्रिय प्रतियोगितामा वाईवाईको सहभागिता रहनेछ ।
कार्यक्रममा बोल्दै निर्वाण चौधरीले क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुसी भएको बताए । क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेटले नयाँ उचाई लिनेमा विश्वस्त रहेको बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…