
काठमाडौं एन्जल्स हार्ट नेसनल स्कुलले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा बिहीबार विजयी सुरुआत गरेको छ ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्सले ओसिस क्रिकेट एकेडेमीलाई ४० रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एन्जल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४३ रन बनायो । एन्जल्सका युवराज खत्रीले ४४ बलमा ७३ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे । सन्दिपले २७ बलमा ६ चौका मद्दतामा ३६ रन प्रहार गरे । बलिङतर्फ ओसिस्का निराजन उप्रेतीले २ तथा श्याम नेपाल र रोहित शर्माले १–१ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रेको ओसिसले पूरै २० ओभर खेल्दै १०३ रनमा अलआउट भयो । राजु विकले २९ तथा निराजन उप्रेतीले १८ रन जोडे । बलिङमा एन्जल्सका युवराज खत्रीले ३ तथा कमल शाही र प्रतिक पण्डितले २–२ विकेट चट्काए । ४–४ ओभर बलिङ गरेका युवराज र कमलले २–२ ओभर मेडन राखे । युवराज ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा प्रा।डा। लोकेन्द्र शेरचन, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुन, लिलबहादुर पुन, आशिर्वाद पुनलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ८ टिम सहभागी छन् । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । शुक्रबार २ खेल हुने छ । ग्रेट हिमालय क्रिकेट एकेडेमी ९जिएचसीए० ‘बी’ ले ओसिस तथा एन्जल्स हार्ट नेसनल स्कुलले एन्जल्स हार्ट मावि विरुद्ध खेल्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…