
काठमाडौं एन्जल्स हार्ट नेसनल स्कुलले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा बिहीबार विजयी सुरुआत गरेको छ ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्सले ओसिस क्रिकेट एकेडेमीलाई ४० रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एन्जल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४३ रन बनायो । एन्जल्सका युवराज खत्रीले ४४ बलमा ७३ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे । सन्दिपले २७ बलमा ६ चौका मद्दतामा ३६ रन प्रहार गरे । बलिङतर्फ ओसिस्का निराजन उप्रेतीले २ तथा श्याम नेपाल र रोहित शर्माले १–१ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रेको ओसिसले पूरै २० ओभर खेल्दै १०३ रनमा अलआउट भयो । राजु विकले २९ तथा निराजन उप्रेतीले १८ रन जोडे । बलिङमा एन्जल्सका युवराज खत्रीले ३ तथा कमल शाही र प्रतिक पण्डितले २–२ विकेट चट्काए । ४–४ ओभर बलिङ गरेका युवराज र कमलले २–२ ओभर मेडन राखे । युवराज ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा प्रा।डा। लोकेन्द्र शेरचन, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुन, लिलबहादुर पुन, आशिर्वाद पुनलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ८ टिम सहभागी छन् । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । शुक्रबार २ खेल हुने छ । ग्रेट हिमालय क्रिकेट एकेडेमी ९जिएचसीए० ‘बी’ ले ओसिस तथा एन्जल्स हार्ट नेसनल स्कुलले एन्जल्स हार्ट मावि विरुद्ध खेल्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…