
त्रिकोणात्मक शृखंला
काठमाडौं- नेपाल, नेदरल्यान्ड्स र मलेशिया सम्मिलित त्रिकोणात्मक शृखंलाका आगामी खेलमा दर्शकलाई अनुमति नदिने नेपाल क्रिकेट संघ क्यानले सोमबार सूचना जारी गरेको छ ।
नेपाल सरकारले कोरोनाको महामारी फेरी बढेकाले भिडभाड हुने स्थानलाई बन्द गर्न निर्देशन दिएसँगै त्रिकोणात्मक शृखंलामा दर्शकलाई अनुमति नदिने विज्ञप्पती जारी गरेको जनाएको हो । खेल विना दर्शक खेलाउने विज्ञप्पतीमा उल्लेख गरेको छ । सोमबार विहान बसेको मन्त्री परिषद्को बैठकले रंगशालामा दर्शकको प्रवेशलाई निषेध गर्न निर्देशन दिएको थियो ।
‘मन्त्री परिषद्को निर्णयलाई कार्यान्वयन गर्दै त्रिकोणात्मक सिरिजमा बाँकी खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइएको छ,’ क्यानले जारी गरेको विज्ञप्पतीमा भनिएको छ ।
सोमबार विहानको बैठकले निर्णय गर्दा सोहि दिन नेपाल र मलेसियाको खेलमा भने क्यानले केहि दर्शकलाई प्रवेश गराएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…