
त्रिकोणात्मक शृखंला
काठमाडौं- नेपाल, नेदरल्यान्ड्स र मलेशिया सम्मिलित त्रिकोणात्मक शृखंलाका आगामी खेलमा दर्शकलाई अनुमति नदिने नेपाल क्रिकेट संघ क्यानले सोमबार सूचना जारी गरेको छ ।
नेपाल सरकारले कोरोनाको महामारी फेरी बढेकाले भिडभाड हुने स्थानलाई बन्द गर्न निर्देशन दिएसँगै त्रिकोणात्मक शृखंलामा दर्शकलाई अनुमति नदिने विज्ञप्पती जारी गरेको जनाएको हो । खेल विना दर्शक खेलाउने विज्ञप्पतीमा उल्लेख गरेको छ । सोमबार विहान बसेको मन्त्री परिषद्को बैठकले रंगशालामा दर्शकको प्रवेशलाई निषेध गर्न निर्देशन दिएको थियो ।
‘मन्त्री परिषद्को निर्णयलाई कार्यान्वयन गर्दै त्रिकोणात्मक सिरिजमा बाँकी खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइएको छ,’ क्यानले जारी गरेको विज्ञप्पतीमा भनिएको छ ।
सोमबार विहानको बैठकले निर्णय गर्दा सोहि दिन नेपाल र मलेसियाको खेलमा भने क्यानले केहि दर्शकलाई प्रवेश गराएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…