
दिल्ली, वैशाख १७ । कोलकाता नाइट राइडर्समाथि ७ विकेटको फराकिलो जित निकाल्दै दिल्ली क्यापिटल्सल इन्डिय प्रिमियर लिग (आईपीएल) तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर गरेको हो । दिल्लीको जितमा पृथ्वी शले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । ४१ बलको सामना गरेका शले ११ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै शिखर धवनले ४६ रन बनाउँदा कप्तान ऋषव पन्त १६ रनमा पवेलियन फर्किए । कोलकत्ताका प्याट कमिन्सले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । सुबमन गिलले ४३ रन जोड्दा प्याट कमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । कप्तान इयान मोर्गन र सुनिल नारिन शून्य पवेलियन फर्किएका थिए । बलिङ तर्फ दिल्लीका अक्सर पटेल र ललित यादवले २÷२ विकेट निकाले ।

जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । जितपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । यस्तै कोलकत्ता यो पाँचौं हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…