
दिल्ली, वैशाख १७ । कोलकाता नाइट राइडर्समाथि ७ विकेटको फराकिलो जित निकाल्दै दिल्ली क्यापिटल्सल इन्डिय प्रिमियर लिग (आईपीएल) तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर गरेको हो । दिल्लीको जितमा पृथ्वी शले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । ४१ बलको सामना गरेका शले ११ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै शिखर धवनले ४६ रन बनाउँदा कप्तान ऋषव पन्त १६ रनमा पवेलियन फर्किए । कोलकत्ताका प्याट कमिन्सले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । सुबमन गिलले ४३ रन जोड्दा प्याट कमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । कप्तान इयान मोर्गन र सुनिल नारिन शून्य पवेलियन फर्किएका थिए । बलिङ तर्फ दिल्लीका अक्सर पटेल र ललित यादवले २÷२ विकेट निकाले ।

जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । जितपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । यस्तै कोलकत्ता यो पाँचौं हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…