
पोखरा रंगशालाको प्यारापिटमा छानो छाउँदै ।
पोखरा-लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउने काम शुरु गरिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो । भारतीय प्राविधिक आईसकेपछि छानो छाउने कामले शुरु गरिएको हो ।
‘भारतीय प्राविधिक आईपुगे ।
प्राविधिक आएपछि छानो छाउने काम बिहीबारबाट शुरु गर्यौं ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘सात जना भारतीय प्राविधिक आएका छन् ।’ उनका अनुसार भारतीय प्राविधिकलाई कामदारले सहयोगी भूमिका(हेल्पिङ ह्याण्ड्स) गर्ने छन् ।
छानो छाउनेसँगै ठेकेदार कम्पनीले रंगशालाभित्र बाँकी रहेको कालोपत्रे गर्ने कामलाई समेत टुग्याउने जनाएको छ । ‘केही ठाँउमा नाली निर्माण गरेर सडक कालोपत्रे गर्ने तयारीमा छौ ।’ उनको भनाई थियो । पोखरा रंगशालाको काम झण्डै छ महिना पूर्णरुपमा ठप्पै हुन पुग्यो । कोरोना महामारीकै कारण कामको प्रगति हुनै सकेको थिएन् । ‘अधुरा काम छिट्टै सक्ने छौं । नयाँ काम भने तत्कालै सम्भव देखिएन् ।’उनले भने–‘नयाँ भवन बनाउने काम अहिले सम्भव छैन् । परिषदबाट स्वीकृति हुनै बाँकी छ ।’
रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिट एवं सिन्थेटिक ट्रयाक बनाउन पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माले २०७५ फागुन २६ गते शिलान्यास गरेका थिए । समयमै काम पुरा नहुदाँ निर्माण कार्यलाई परिषदले कम्पनीसँग म्याद थप्दै आएको छ । म्याद हालसम्म छ पटक थपिसकिएको छ । प्रोजेक्ट म्यानेजर बरालका अनुसार सहज परिस्थिति भए ६ महिनाभित्रमा काम सकिने छ । ‘तीन महिनाभित्रमा प्यारापिटको भीआईपी सिटको माथि छानो हाल्ने र बाँकी ३ हजार ५ सय सिट जडान गरिसक्छौं’ उनले भने ।
‘प्यारापिट स्टिल मोडलुर सिष्टममा बनाइएको छ । राष्ट्रिय खेलकुद परिषदले समेत समयमै भुक्तानी नदिदाँ कामको रफ्तार अघि बढ्न नसकेको गुनासो कम्पनीको छ । प्यारापिट १६ हजार पाँचसय सिट क्षमताको छ । थप ३ हजार ५ सय सिट जडान गरेपछि क्षमता २० हजार पुग्ने छ । थप सिट जडान गर्न २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । फुटबल मैदान, ट्रयाक तथा प्यारापिट निर्माणको लागि कम्पनीसँग परिषदले १अर्ब २८ करोडमा सम्झौता गरेको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…